Comments Add Comment

फेसबुक चलाउनेले थाहा पाउनैपर्छः यी ८ टिप्स

facebookफेसबुकमा साथीहरुसँग सम्पर्क गर्ने, फोटो तथा भिडियोहरु हेर्नुका अलावा अरु धेरै काम गर्न सकिन्छ । यस प्लाटर्फममा तपाइँ समाचार पनि पाउनुहुन्छ र मनोरञ्जक चिजहरु पनि देख्नुहुन्छ । यी सबै कुराका अतिरिक्त फेसबुकमा अरु धेरै चिजहरु पनि गर्न सकिन्छ भन्ने के तपाइँलाई थाहा छ ? फेसबुक चलाउनेले जान्नैपर्ने ८ टिप्स यस्ता छन्:

१. आफ्नो एक्टिभिटी हेर्नुहोस्:

फेसबुक प्रोफाइल पेजमा तपाईं Activity Log हुन्छ, जसमा सबैचिज हुन्छ, जस्तै: तपाइँले गरेको पोष्ट, कमेन्ट, लाइक, लाइफ इभेन्ट्स आदि । यो केवल तपाइँले मात्र हेर्न सक्नुहुन्छ र कुन मितिमा के गर्ने भन्ने कुरा पनि देख्न सक्नुहुन्छ ।

२. गोप्य कुराकानी:

जब तपाइँ फेसबुक मेसेन्जर प्रयोग गर्नुहुन्छ तपाइँ उक्त मेसेज इण्ड टू इण्ड इनक्रिप्ट हुने वा नहुने कुराको छनोट गर्न सक्नुहुन्छ । मेसेन्जरमा यो फिचर अन गरिसकेपछि तपाइँलेSecret Conversation अप्सनमा ट्याप गर्नुहोस् ।

३. अपुताली थाम्ने वारेस:

तपाईंको मृत्युपछि पनि तपाईंको आफ्नो फेसबुक अकाउन्ट एक्टिभ रहन्छ । आफू मरिसकेपछि पनि आफ्नो फेसबुक अकाउन्टको रेखदेख होस् भन्ने चाहनुहुन्छ भने तपाईंले यो कुराको पहुँच कसैलाई दिनुपर्ने हुन्छ वा तपाईंले आफ्नो शेषपछिको वारेस कसैलाई तोक्नुपर्ने हुन्छ । यसका लागि फेसबुक एपकोSettings > Security > Legacy contact मा जानुहोस् र कुनै फेसबुक कन्ट्याक्टलाई त्यहाँ एड गर्नुहोस् । तपाइँले त्यहाँ उक्त फेसबुक अकाउन्टवालालाई आफ्नो पूरानो पोष्टहरु सम्पादन गर्ने वा हटाउनेलगायतका कुराको अधिकार पनि दिन सक्नुहुन्छ र सो विषयको जानकारी सम्बन्धित व्यक्तिलाई दिन सक्नुहुन्छ ।
४. एच डी मा अपलोड:

जब तपाईं फेसबुकमा कुनै फोटो वा भिडियो अपलोड गर्नुहुन्छ त्यसलाई स्पेस, डाटा तथा अपलोड स्पीडलाई ध्यानमा राख्दै रिसाइज गरिदिन्छ फेसबुकले । तर यदि आफूको सामग्री एच डी मै रहोस् भन्ने चाहुनुहुन्छ भने Settings > Videos and Photos मा गएर दुबैका लागिUpload HD अप्सन अन गरिदिनुस् ।
५. हेर्नुहोस्, कहाँकहाँबाट लगइन हुनुहुन्छ तपाईंको फेसबुक:

प्राय हामीले विभिन्न डिभाइस तथा ब्राउजरबाट फेसबुक लगइन गर्दछौँ । यदि तपाइँ आफुले अहिलेसम्म कुन कुन ठाउँबाट फेसबुक अकाउन्ट लगइन गरेको रहेछु भन्ने कुरा जान्न चाहनुहुन्छ भने त्यसका लागि Settings> Security > Where You’re Logged In  मा जानुहोस् । त्यहाँ तपाइँले कहाँकहाँ र कुन कुन डिभाइस र लोकेसनबाट फेसबुक लगइन भएको रहेछ भन्ने देख्न सक्नुहुन्छ ।
६. On This Day फिचर:

फेसबुकको एक रोचक फिचर हो On This Day । यसले तपाइँलाई पूराना कुराको याद दिलाउँछ र अघिल्लो वर्ष यहीँ दिनमा के कुरा पोष्ट गरेको रहेछु भन्ने सम्झना गराउँछ । फेसबुक एपले डिफल्ट नै तपाइँको उक्त दिनका विगतका पोष्टहरु देखाइदिन्छ भने वेब ब्राउजरमा गईwww.facebook.com/onthisday af6 बाट पनि यो फिचरactivate गर्न सकिन्छ ।
७. महत्वपूर्ण चिज नछुटुन्:

हुनसक्छ की तपाइँले धेरै पेज तथा अकाउन्ट फलो गर्नुभएको छ । त्यसमा केही महत्वपूर्ण हुन्छन् र केही कम महत्वपूर्ण । फेसबुकले तपाइँलाई सुविधा दिएको हुन्छ आफ्नो प्राथमिकता तय गर्ने र सोही अनुरुप आफ्नो न्यूज फिडमा देखाउने । त्यसका लागिSettings > News “eed Preferences > Prioritise Who to See “irst   मा जानुहोस् र त्यहाँ कुन पोष्ट सुरुमा हेर्न चाहनुहुन्छ छान्नुहोस् ।
८. मेसेन्जर एपभित्रै गेम खेल्नुस्:

फेसबुकले मेसेन्जर एपभित्र पनि केही गेम हालेको छ । कसैसँग मेसेन्जरमा गफ सुरु गर्नुहोस् र २ादअजभकक उबिथ सेन्ड गर्नुहोस् । यो सजिलो खेल भने होइन । यसका साथै बास्केटबल तथा सकर डि्रबल पनि खेल्न सक्नुहुन्छ । त्यसका लागि च्याटमा कसैलाई बास्केटबल तथा सकरको इमोजी पठाएर त्यसमा ट्याप गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment