Comments Add Comment

परराष्ट्रमन्त्री महतद्वारा कतारका अमिर, विदेशमन्त्री र श्रममन्त्रीसँग भेटवार्ता

नेपाली श्रमिकको सेवा, सुविधा र सुरक्षाबारे छलफल

dr-mahat-at-doha

काठमाडौं । कतारको भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले यहाँका अमिर, विदेश र श्रममन्त्रीसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा डा. महतले कतारमा रहेका नेपाली श्रमिकहरुको सेवा, सुविधा र सुरक्षाबारे कुरा उठाएको उनको सचिवालयले जनाएको छ ।

वार्ताका क्रममा नेपाली श्रमिकको सेवा सुविधाका लागि कतार सरकार गम्भीर रहेको भन्दै समस्यामा परेकाको सुविधाका लागि सुरक्षित आवास गृहको स्थापना गर्ने समझदारी भएको डा. महतका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।

यसैगरी मजदुरले पाउनुपर्ने सुविधा नपाई कानुनी समस्या झेल्नुपरेको अवस्थामा अदालतसम्म पुग्दा झन्झटिलो हुने भएकाले श्रम मन्त्रालयअन्तर्गत नै एक संयन्त्र स्थापना गरी त्यहीँबाट समस्या समाधान गर्ने, नेपालमा एक पोलिटेक्निकको स्थापना गरी दक्ष जनशक्ति स्थापनाका लागि लगानी गर्ने तथा नेपालको हस्पिटालिटी, पर्यटन, हाइड्रोपावर र टेलिकममा कतारले लगानी गर्ने विषयमा कुराकानी र समझदारीहरु भएको बताइएको छ ।

नेपालले आगामी चैतमा गर्न लागेको लगानी समिटमा कतारले एक अनुसन्धान टोली पठाउने र त्यसले नेपालका कुन कुन क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने बारेमा दिएको सुझावको आधारमा नेपालमा कतारले लगानी गर्नुका साथै द्विपक्षीय सम्बन्धका क्षेत्रको विस्तारका सम्भावनाहरुको पहिचान गर्ने बारेमा छलफल भयो ।

सो अवसरमा मन्त्री डा. महतले नेपाल र कतारका बीचको सम्बन्ध केवल श्रमिक पठाउने देेशका रुपमा मात्र नभएर द्विपक्षीय अन्य विषय र नेपालमा कतारले लगानी गर्ने बारेमा आग्रह गरेका थिए ।

त्यस अवसरमा मन्त्री डा. महतले कतारका अमिरलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरेका थिए । उहाँ नेपाल आफू भ्रमण गर्न इच्छुक रहेको तथा नेपाली कामदारहरुको हकहितको लागि कतारले सधै विशेष ध्यान पुर्याउने बताउनुभयो ।

त्यसैगरी आजै विदेेशमन्त्री शेख मोहम्मद बिन अब्दुलमानसँग पनि दुई देशको हितबारे कुराकानी भएको थियो ।

त्यसैगरी श्रम मन्त्रीन्त्री डा. इसा बिन साद अल जफालीसँग नेपालका दक्ष तथा अर्धदक्ष कामदाररको कोटा बढाउने, चौविस घन्टे वीमा सुविधा लागू गराउने, सन् २००५ मा भएको श्रम सम्झौतामा आवश्यक परिमार्जन गर्ने, श्रमिकको विभिन्न्ा समस्या तथा गुनासोको छिटोछ्रन्दा छिटो समाधानका लागि अलग्गै संयन्त्र बनाउने, सुरक्षित आवास गृहको व्यवस्था गर्ने, कतारको श्रम मन्त्रालय र नेपाली दूताबासबीच समन्वय र सहकार्य बढाउनेलगायतका विषयमा छलफल भएको थियो ।

यी सबै मुद्दामा कतार सरकार सकारात्मक रहेको र आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनीहरुले व्यक्त गरेका थिए । बैठकमा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल पनि सहभागी थिए ।

यी द्विप्रक्षीय बैठकहरुमा परराष्ट्र सचिव शंकरदास बैरागी, कतारका लागि नेपाली कार्यवाहक राजदूत मणिरत्न शर्मा, परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका कौशलकिशोर राय पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment