Comments Add Comment

अब सबकाष्टमै स्वस्थानी वाचन

pujari

श्रीस्वस्थानी व्रत बिहीबारबाट सुरू भएको छ । व्रतारम्भःको अवसरमा सब्सकाष्टले मोबाईल तथा कम्प्युटर प्रयोगकर्ताको सुबिधार्थ दैनिक स्वस्थानी वाचन शुरु गरेको छ ।

कथा वाचनको परम्परागत शैलीलाई कायम राख्दै एक महिनासम्म हरेक दिन नेपाली समयनुसार मध्यान्ह १२ बजे सब्सकाष्टमा श्रीस्वस्थानी महिमा श्रवण गर्न सकिने छ । हरेक दिनको अध्यायलाई आफ्नो साउण्डक्लाउडमा संग्रहित पनि गरिने भएको छ ।

‘रुची हुँदाहुदै पनि समय ब्यस्थता वा अन्य कुनै कारणले स्वस्थानी महिमा श्रवण गर्न नपाएकाहरुले अब आफ्नै मोबाइल वा कम्प्युटरमा दैनिक अध्याय सुन्न सक्नेछन्’, सब्सकाष्टकी निर्देशक तथा चर्चित रेडियो प्रस्तोता सबिना कार्कीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment