Comments Add Comment

मस्ती टकः-‘दाह्री कस्तो पाल्ने भन्ने पनि श्रीमतिको अनुसार चल्छ’: स्वरुप(भिडियो कुराकानी)

उहाँलाई आई लभ यू भन्ने त कति छन् कतिः मीना

swaroop-raj-acharya-news

स्वरुपराज आचार्य नेपाल भन्दा बढी विदेशमा हुन्छन् । सांगीतिक कार्यक्रमका लागि प्राय विदेशमै रहने स्वरुपले परिवारलाई समय दिन पाउँदैनन् । परिवारलाई समय दिन नपाउँदा आफूलाई पश्चताप हुने गरेको उनले सुनाए ।

अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा स्वरुप, उनकी पत्नी मिना र छोरा सरगमले प्रेम र पारिवारिक कुरा गरे ।

स्वरुप, मीना र सरगमसँग गरिएको ‘मस्ती टक’ यहाँ हेर्नुहोस्ः


स्वरुप परिवारसँग धेरै भन्दा धेरै समय बिताउन मन लाग्ने बताउँछन् । आफू धेरै बाहिर बस्ने भएकाले पनि नेपालमा हुँदा चलचित्र हेरेर, घुमफिर गरेर परिवारलाई समय दिने उनले बताए ।

कुराकानीका क्रममा गायक आचार्यकी पत्नी मीनाले भनिन्-‘मलाई उहाँसँग कुनै गुनासो त छैन । तर, हामीलाई समय दिनुहोस्, यहि भन्छु ।’छोरा सरगमले आफूलाई बाबु र ममी दुबैको माया लाग्ने बताए ।

तपाइहरुले एक अर्कालाई अहिलेसम्म भन्न नसकेको दुइको कमजोरी के छ भन्ने प्रश्नमा पहिलो पटक स्वरुप र मीनाले कमजोरी नै औल्याए । दुइले औल्याएको कमजोरी के थियो, भिडियोमा हेर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment