Comments Add Comment

फिफा बरियातामा नेपालको ६ स्थान सुधार

Fifa

२८ पुस, काठमाडौं । फिफा बरियातामा नेपाल ६ स्थान सुधार गर्दै १७५औं स्थानमा पुगेको छ ।

दक्षिण एशियामा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । ६ स्थान सुधार गरेको भारत फिफा बरियातामा १२९औं स्थानमा पुगेको छ । माल्दिभ्स १४५औं स्थानमा छ । यी दुई दक्षिण एशियामा शीर्ष र दोस्रो स्थानमा छन् ।

त्यस्तै नेपालभन्दा एक स्थान सुधार गर्दै भुटान १७६औं स्थानमा छ । पाँच स्थान खस्किएको बंगलादेश बरियाताको १९०औं स्थानमा छ ।

दक्षिण एशियाका बाँकी दुई मुलुकहरु श्रीलंका र पाकिस्तान क्रमसः १९६औं र १९७औं स्थानमा छन् ।

हालै दक्षिण एशियाबाट छुट्टिएको अफगानिस्तान ५ स्थान खस्कँदै १५१औं स्थानमा पुगेको छ । भारत र माल्दिभ्स अफगानिस्तानभन्दा अगाडि छन् ।

फिफा बरियातामा यसपटक शीर्षदेखि ३५औं स्थानसम्म अघिल्लो महिनाकै यथावत छन् । फिफा बरियताको शीर्ष १० भित्र क्रमसः अर्जेन्टिना, ब्राजिल, जर्मनी, चिली, बेल्जियम, कोलम्बिया, फ्रान्स, पोर्चुगल, उरुग्वे र स्पेन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment