Comments Add Comment

स्रोत गुमेको लघुवित्त कम्पनीको ३ अर्ब व्याज आम्दानी पनि गुम्दै

microfinance
२८ पुस, काठमाडौं । वाणिज्य बैंकहरुलाई विपन्न वर्गमा कुल कर्जाको २ प्रतिशत कर्जा प्रत्यक्ष लगानी गर्ने राष्ट्र बैंकको निर्देशनपछि ३ महिना ( गत असोजसम्म) मा नै ३ अर्ब गुमाएका लघुवित्त कम्पनीहरुले स्प्रेड लाग्नेभएपछि त्यति नै आम्दानी गुमाउनु पर्ने भएको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको गत कात्तिकसम्मको तथ्यांकलाई आधार मान्दा सञ्चालनमा रहेका ४६ वटा लघुवित्त कम्पनीले सो अवधिसम्ममा ८५ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । हाल यी संस्थाहरुले लिदै आएको अधिकत्तम २२ प्रतिशतको आधारमा (यद्यपी व्याज दर योभन्दा धेरै रहेको बताइन्छ) बार्षिक व्याज आम्दानी १८ अर्ब ८६ करोड रुपैयाँ हुन्छ ।

राष्ट्र बैंकले हालै निर्देशन जारी गरेर कम्पनीहरुलाई व्याज दर अधिकत्तम १८ प्रतिशतको सीमामा कायम राख्न भनेको छ । १८ प्रतिशत नै व्याज दर कायम गरेमा पनि कम्पनीहरुले त्यही सावा कर्जाको आधारमा मात्रै १५ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गर्न सक्ने छन् । यसो भएमा कम्पनीहरुले लगभग ३ अर्ब ४२ करोड रुपैयाँ गुमाउनु पर्ने हुन्छ ।

लघुवित्त कम्पनीको कर्जाको व्याजदर अब १८ प्रतिशतसम्म

कात्तिकसम्मको ४ महिनामै ४ अर्ब ४७ करोड रुपैयाँ व्याज आम्दानी गरेका यी संस्थाले निक्षेपमा व्याज भुक्तानी भने १ अर्ब ४६ करोड गरेका छन् । वाणिज्य बैंकहरुबाट सस्तोमा पुँजी प्राप्त गर्ने र ग्राहकलाई भने महंगोमा कर्जा दिने गरेको भन्दै लघुवित्त कम्पनीहरुको आलोचना हुँदै आएको थियो । सर्वसाधारण विपन्न ग्राहकबाट उच्च व्याज दर कायम गरेर बढि मुनाफा आर्जन गर्ने र उच्च दरमा लाभांश घोषणा गरेर लगानीकर्तालाई भने बाड्ने गरिएको भन्दै यी संस्थालाई कडाई गर्ने तयारीमा राष्ट्र बैंक रहेको थियो ।

हुनतः कम्पनीहरुले चालु आवको ५ महिना (गत मंसिरसम्म) मा साविककै व्याजदरमा व्याज असुल गरिसकेका छन् । अर्कोतर्फ राष्ट्र बैंकले चालु आव अन्त्य असारसम्ममा यो व्यवस्था लागु गरिसक्नु पर्ने भएकोले कम्पनीहरुले अन्त्यमा मात्रै नयाँ व्याजदर लगाउने सम्भावना भने रहन्छ । तर चालु आवमा यसको प्रभाव नदेखिइएपनि आगामी वर्षबाट भने कम्पनीहरुको व्याज आम्दानी घट्न सक्ने देखिन्छ ।

एकातिर पुँजी स्रोतमाथीको अंकुश अर्कोतिर असुल गर्दै आएको व्याजदरमा पनि सीमा लगाइएपछि कम्पनीहरुले संस्था सञ्चालन गर्न समस्या आएको बताउँदै आएका छन् ।स्प्रेड दर तोक्ने चर्चा चलेदेखि नै यसको विरोध गर्दै आएका कम्पनीहरु पछिल्लो निर्देशन पछि भने व्याज घटाउन बाध्य हुने भएका छन् ।

तीन महिनामै लघुवित्तले गुमाए ३ अर्ब पूँजी स्रोत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment