Comments Add Comment

मनाङ मर्स्याङ्दी सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा

manang-goal

२८ पुस, धनगढी । एक शून्यले पछि परेको स्थितिलाई उल्टाउँदै ए डिभिजन टोली मनाङ मर्स्याङ्दी प्रथम सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

धनगढी क्षेत्रीय रंगशालामा आज भएको सेमिफाइनलमा खेलको दोस्रो मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा भारतीय टोली दिल्ली युनाइटेडले मनाङसँग तीन एक गोलको पराजय ब्यहोर्‍यो ।

खेल शुरु भएको दुई मिनेटमा दिल्ली युनाईटेडका थोपीले गोल गरेपछि केहि हडबडाएको मनाङले त्यसको ७ मिनेटमै बराबरी गोल फर्कायो । कनाङका कप्तान अनिल गुरुङले गोल गरेका थिए ।

पहिलो हापको अन्त्यतिर बिदेशी स्ट्राइकर ओलावाले अफिजको गोलसँगै मनाङले दुई एकको अग्रता बनायो ।

समर्थकले भरिएको धनगढी रंगशालामा मनाङले भारतीय टोलीमाथि दोस्रो हाफमा एकपछि अर्को प्रहार गर्दै दवावमा राख्न सफल भयो । खेल सकिनुभन्दा १ मिनेटअघि कप्तान गुरुङले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङको तीन एकको जित सुनिश्चित गरे । उनी खेलको म्यान अफ दि म्याचसमेत चुनिए ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ्गले खेलाडीहरुले तालमेल मिलाउन नपाउँदै पहिलो गोल खाएपनि पछि सुधार भएकोमा सन्तुष्टि व्यक्त गरे । उनले बलको तौलसमेत फरक भएकोले केहि असहजिलो भएको गुनासो गरे ।

मनाङले भोलि शुक्रबार हुने दोस्रो सेमिफाइनल (आयोजक सुदूरपश्चिम-११ र संकटाबीच)को बिजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment