Comments Add Comment

हुँदैछ याहु युगको अन्त्य, याहु बदलिएर अल्बाटा बन्दै

yahooकुनै बेलाको नम्बर वान इन्टरनेट कम्पनी, इमेल तथा सर्च इन्जिनको रुपमा रहेको याहु अब इतिहास बन्दैछ । गतवर्षको जुलाईमा अमेरिकी वायरलेस कम्युनिकेसन सर्भिस प्रोभाइडर भर्जनले ४ अर्ब ८० करोड डलरमा खरीद गर्ने सहमति भएको याहुले विधिवत रुपमा आफ्नो इतिहास मेटाउँदैछ र छिटै याहुको नाम परिवर्तन भएर अल्बाटा नामबाट चिनिनेछ ।

याहुको अन्त्यसँगै यसका सिइओ मेरिसा मायरले राजिनामा दिनसक्ने बताइएको छ । वालस्टि्रट जर्नलको रिपोर्टअनुसार भर्जन मोबाइलसँगको खरिद सम्झौतायता याहुका ६ जना निर्देशकले जागिर छाडिसकेका छन् । अब यसमा मायर पनि सामेल हुनेछिन् ।

डिजिटल विज्ञापनको क्षेत्रमा आफ्नो पकड मजबुत पार्नका लागि भर्जनले याहु खरिद गरेको बताइएको छ । भर्जन कम्युनिकेसनको भगिनी कम्पनीको रुपमा एओल नामक आम संचार कम्पनी रहेको छ । जसको मातहमा द हफिंटन पोष्टका साथै टेक्नोलोजी साइट टेकक्रन्त र एनग्याजेट रहेका छन् । जबकी याहुसँग याहु फाइनान्स नामक साइट रहेको छ । यी सबैको संयोजनसँगै भर्जनसँग अब मजबुत डिजिटल विज्ञापन प्लाटर्फम हुनेछ ।

भर्जन कम्युनिकेसनले एओएल र अल्बाटालाई मिसाउनेछैन र दुबेलाई प्रतिस्पर्धी ढंगबाट अघि बढ्न दिएर फाइदा उठाउनेछ । याहुका दुई महत्वपूर्ण सम्पत्तिको रुपमा फोटो शेयरिंग साइट फि्लकर र विस्तारै लोकपि्रयता हासिल गरिरहेको माइक्रोब्लगिंग साइट टम्बलर रहेका छन् । यी दुबैको पर्याप्त विकाश गर्न सकिने सम्भावना रहेको छ । त्यस्तै याहुसँग याहु स्पोर्टस् र याहु न्यूज नामक साइट पनि रहेका छन् जुन भर्जन कम्पनीका लागि निकै लाभदायी सावित हुने पक्का छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment