Comments Add Comment

बिराट र अनुश्काले लिए नयाँ फ्ल्याट, के लिभ इनमा बस्दैछन् ?

anushka-virat

भारतीय क्रिकेटर बिराट कोहली र अभिनेत्री अनुश्का शर्माको प्रेम प्रसंगका विषयमा नयाँ-नयाँ खबरहरु भारतीय मिडियामा आइरहन्छन् । केही दिनअघि उनीहरुले ईंगेजमेन्ट गर्न लागेको खबर छाएको थियो, जुन अन्ततः झूटो सावित भयो । अहिले फेरि यो जोडी लिभ इनमा बस्ने तयारीमा रहेको समाचार आएको छ ।

भारतीय मिडियाका अनुसार बिराट र कोहलीले सँगै बस्नका लागि नयाँ फ्ल्याट खोजीसकेका छन् । उनीहरु हालै मुम्बईको बर्लीमा एउटा फ्ल्याट हेर्न पुग्दा मिडियाको आँखामा परे । उनीहरुले सो फ्ल्याट केही महिनाअगाडि बुक गरेका रहेछन् । हाल त्यहाँ सजावटको काम भइरहेकाले उनीहरु हेर्न पुगेका हुन् । गगनचुम्ब भवनको ३४ औं तल्लामा रहेको सो फ्ल्याटलाई कोहली र अनुश्काले ३४ करोड हालेको बताइएको छ ।

उनीहरुले यो फ्ल्याट ‘लिभ इन’का लागि नै लिन लागेको भनिए पनि दुवैका तर्फबाट कुनै स्पष्टोक्ति आएको छैन । त्यसो मिडियाको आँखाबाट बचेर नियमित भेटघाट गर्न सजिलो होस भनेर लिएको पनि हुन सक्छ । आ-आफ्नो व्यस्त जीवनबाट फुर्सद निकालेर उनीहरु बारम्बार कतै न कतै भेट्ने गर्छन् । अनुश्का अहिले आफ्नो प्रोडक्सनमा बनेको फिल्म फिल्लौरीको प्रदर्शनको तयारीमा छिन् भने बिराट ईंग्ल्याण्डविरुद्धको म्याचको अभ्यासमा जुटेका छन् । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment