Comments Add Comment

‘५ आरोप’मा प्रियंका कार्कीः ‘जोडीमा दयाहाङ नै चाहिन्छ भन्नुहुन्छ हो ?’

priyanka
पछिल्लो समय चर्चामा रहेकि नायिका हुन्,  प्रियंका कार्की । सफल र चर्चित ब्यानरका चलचित्रमा नायिका बनेकी प्रियंका कुनै वेला म्युजिक भिडियोमा समेत ब्यस्त थिईन् । तर, पछिल्लो समय म्युजिक भिडियोमा काम नगर्ने उनको योजना छ । उनै नायिकालाई अनलाइनखबरले लगाएको पाँच आरोपः

१.चलचित्र नभएपछि तनाबमा हुनुहुन्छ भन्ने आरोप छ नि ?
मैलै अहिलेसम्म त्यस्तो अनुभव गर्नु परेको छैन । तर, एउटा कुरा के हो भने म बिनाकाम त्यत्तिकै बस्न भने सक्दिनँ । के गरौं के गरौं झै हुन्छ । सानैदेखि केहि न केहि गर्ने बानी थियो ।

२. तपाई सोलो भूमिकामा रहेको चलचित्र चल्न सकेका छैनन् भन्ने आरोप छ नि ?
म सोलो नायिका भएका थुप्रै चलचित्र छन् । केहि चलचित्रमा म बाहेक अरु पनि हिरोईन हुनुहुन्छ । यसको अर्थ मैले सोलो हिरोइन भएर चलचित्र दिनै नसकेको भने होइन ।

३. अझै म्युजिक भिडियो छान्न सक्नु भएन जस्तो पनि खेल्नुहुन्छ भन्छन् ?
मैले म्युजिक भिडियोमा काम गर्न छाडेको १ वर्ष भयो । यदि मैले छान्न नसक्ने भए त अहिले पनि खेल्थेँ होला । अफर उत्तिकै आएकै छ । कसैले मेरो पुरानो भिडियो हेरेर त्यसो भनेको हो भने मेरो भन्नु केहि छैन ।

४. गीत पनि गाउनु भयो, तर त्यो केबल चर्चाका लागि मात्रै हो ?
त्यसलाई कसरि बुझ्ने भन्ने पनि हो । मैले गीत गाएँ, भिडियो निर्देशन गरेँ । त्यो आफैंमा फरक काम थियो । काम गरेपछि चर्चा त भइहाल्छ ।

५. कुनै नयाँ चलचित्रमा काम गर्दा तपाई नायकमा दयाहाङ राई नै हुनुपर्छ भन्नु हुन्छ भन्ने आरोप धेरैले लगाएका छन्, वास्तविकता के हो ?
म कहिल्यै पनि गुटबन्दीमा विश्वास गर्दिनँ । अर्को कुरा दयाहाङ राई आफैमा भर्सटायल कलाकार हुन्, जसलाई कसैले सिफारिस गर्नुपर्छ जस्तो मलाई लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment