Comments Add Comment

सुर्खेतको पुरातात्विक गढी संरक्षणविहीन

अध्ययन र संरक्षण गर्न स्थानीयको माग

surkhet-gadhi-3
२९ पुस, काठमाडौं । सुर्खेतबजारबाट नजिकै बयलकाँडामा रहेको पुरतात्विक तथा ऐतिहासिक गढीको अध्ययन गर्न स्थानीयले माग गरेका छन् । ऐतिहासिक रुपले निकै महत्व रहेको तर अस्तित्व नै मेटिन लागेको भन्दै स्थानीयले यस्को संरक्षण तथा इतिहासक खोज गरिनुपर्ने माग गरेका हुन् ।

सुर्खेतबजारबाट गाडीमा ३० मिनेटमा सहजै पुग्न सकिने गढीको अहिले भग्नावषेश मात्र छ । कुनै कालखण्डमा शासकहरुले रेकी गर्नका लागि गढी निर्माण गरेको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् स्थानीय बासिन्दा निरक केसी बताउँछन् ।

‘पहिले यो स्थान तेाप तथा हातहतियार राख्ने गरिन्थ्यो । तर, अहिले भग्नावेश मात्र छ । यो कहिले र कसले निर्माण गरेकोे भन्ने इतिहास समेत नहुँदा यसको महत्व झन ओझेल परेको हो’ उनले भने ।

surkhet-gadhi-4
सुरक्षा जाँच बस्ती तथा आफ्नो क्षेत्रको रेख-देखको लागि गढी बनाएको भनिए पनि यसको बास्तवसविक इितहास थाहा हुन नसकेको केसी बताउँछन् ।

नेपाल उद्योग बाणिज्य संघका क्षेत्रीय अध्यक्ष पदम शाही सुर्खेतमा गर्मी हुँदा यो स्थान निकै शितल हुने भएकाले पर्यटकीय हिसावले महत्वपूर्ण हु्ने बताउँछन् ।

गर्मी सिजनमा यहाँ मानिसहरु दैनिक सयौंको संख्यामा सुर्खेत उपत्यकाबाट पर्यटकहरु आँछन् । तर यो गढी ब्यवस्थित नहुँदा समस्या हुने गरेको उनले बताए ।

अहिले यो गढी नाम मात्रको रहेको छ, भग्नावशेषहरुको संरक्षण पनि गरिएको छैन । भगनावेशलाई व्यवस्थित गर्न मात्र सके आन्तरिक पर्यटकको गन्तब्यस्थल बन्ने देखिन्छ ।

surkhet-gadhi-2
मनघरी फाउण्डेशनका सुर्खेतका संयोजक एवम् पर्यटन ब्यवसायी धर्म आचार्य गढी मात्र नभएर सुर्खेतका कुनैपनि सम्पदाहरुलाई राज्य तथा स्थानीयले संरक्षण गर्न नसकेको आरोप लगाउँछन् ।

सुर्खेत मध्यपश्चिमको प्रवेशद्वार भएपनि सम्भावनाअनुसार पर्यटकको आगमन भएको छैन । सुर्खेतको गढी अवलोकन पश्चात नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले महत्वपूर्ण सम्पदाहरुलाई स्थानीयले पनि जर्गेना गर्न पहल गर्नुपर्ने बताए ।

surkhet-gadhi-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment