Comments Add Comment

चुनाव हुन दिन्न भन्ने मधेसी मोर्चाको अडान अराजकः प्रदिप ज्ञवाली

२९ पुस, भक्तपुर । प्रमुख प्रतिपक्ष नेकपा एमालेले चुनाव हुने नदिने मधेसी मोर्चाको अडानलाई अराजकताको संज्ञा दिएको छ । एमाले सचिव प्रदिप ज्ञवालीले यथास्थितिमा निर्वाचन हुन नदिने मधेसी मोर्चासहितका संघीय गठबन्धनको अडानप्रति आपत्ति जनाए ।

Pradeep-Gyawaliशुक्रबार भक्तपुरमा आयोजित साक्षात्कारमा ज्ञवालीले लोकतान्त्रिक मूल्य र मान्यता विपरित निर्वाचन हुन दिन्न भनेर मधेसी मोर्चाले गलत रवैया देखाएको आरोप लगाए । उनले भने, ‘कति चिजहरु चित्त नबुझेका हुनसक्छन् । तर, कुनै पनि दलले लोकतान्त्रिक चुनावमा भाग लिन्न भन्न पाइन्न ।’

मधेसी दलहरुले मधेसमा आफ्नो प्रभाव छ, एमाले त प्रभाव नै छैन भनेको भन्दै उनले भने, ‘आफ्नो एजेण्डा लिएर चुनावमा जानुस् ।’

उनले थपे, ‘आउने चुनावमा मधेसमा ८० सिट हुनेछ । म चुनौती दिन चाहन्छु, तपाईहरुसँग ठूलो जनसमर्थन छ भने ८० सिट जितेर देखाउनुस् र आफ्नो अनुकुल संविधान संशोधन गर्नुस् ।’

तर, अहिले निर्वाचनमा ५/६ प्रतिशत मत पाउनेले चुनाव हुन दिन्न भन्नु अराजक चिन्तन भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment