Comments Add Comment

कोपा डेल रे को क्वाटरफाइनलमै शीर्ष टोलीबीचको भेट टर्‍यो

copa-del-rey-quarterfinal-d

२९ पुस, काठमाडौं । स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रे को क्वाटरफाइनलमा प्रतियोगिताका दावेदार टोलीहरुबीचको भेटको संभावना टरेको छ ।

आज भएको ड्र मा साविक बिजेता बार्सिलोना, रियल मडि्रड र एथ्लेटिको मडि्रडले क्रमसः रियल सोसिडाड, सेल्डा डि भिगो र एइबार प्रतिद्धन्दी पाएका छन् ।

त्यस्तै अर्को क्वाटरफाइनलमा आल्कोर्कोनले अलाभेससँग प्रतिस्पर्धा गर्नेछ । आल्कोर्कोन स्पेनको बी डिभिजन टोली हो भने अलाभेस यसै बर्ष शीर्ष डिभिजनमा उक्लिएको हो ।

प्रतियोगिताको क्वाटरफाइनल खेल आगामी जनवरी १८ र १९ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment