Comments Add Comment

फ्रेस फेसः मेरो शरीर बोल्ड छ, सौगातसँग काम गर्न चाहन्छुःजैना कुँवर(भिडियो कुराकानी)

jaina-kunwar-news
नेपाली चलचित्र क्षेत्रमा लामो रेसको घोडा बन्ने सपना देखेर धेरै यूवायूवतीको प्रवेश भएको पाइन्छ । यस्तै, लामो रेशको घोडा बन्ने सपना देखेर यो क्षेत्रमा होमिएकी सुन्दरी हुन्, जैना कुँवर । चलचित्र ‘जोनी जेन्टलम्यान’मा नायिका आँचल शर्माको साथीको भूमिकामा उनी देखिएकी छिन् । यो चलचित्रमा आफ्नो भूमिका सशक्त भएको र कथा मन परेकाले नै काम गरेको उनले सुनाइन् । चलचित्रमा आउनु अगाडि उनले सिरियलमा काम गरेकी थिइन् ।

हरेक खालको भूमिका गर्न सक्छु भन्ने जैनालाई लाग्छ । आफूमा गर्न सक्छु भन्ने आत्मविश्वास भएकाले पनि यो क्षेत्रमा लामो समयसम्म जाने यी सुन्दरीले दाबी गरिन् ।

जैनासँग गरिएको ‘फ्रेस फेस’को भिडियो यहाँ हेर्नुहोस्ः


जैनाले आफूलाई आफ्नो मुस्कान राम्रो लाग्ने बताइन् । तर, आफूलाई आफ्नो अनुहार खासै राम्रो नलाग्ने उनको तर्क छ । जैनाका अनुसार, उनलाई उनको शरीर भने खुबै बोल्ड लाग्छ । उनले भनिन्-‘म मेरो शरीरलाई शत प्रतिशत नै दिन सक्छु ।’ उनले आफूलाई एक्सन चलचित्रमा काम गर्न मन लागेको पनि सुनाइन् ।

सौगात मल्लसँग काम गर्न मन लागेको बताउने जैनाले सुरज सिंह ठकुरीको ठूलो फ्यान भएको सुनाइन् । उनले सौगातसँग स्टार र फ्यानको कथामा चलचित्र खेल्न मन लागेको पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment