Comments Add Comment

अब खरीद गर्न सक्नुहुन्छ डिजिटल गर्लफ्रेण्ड !

robort-girlfriendतपाइँ अहिलेसम्म पनि सिंगल हुनुहुन्छ र तपाइँको कुनै प्रेमिका छैन भने चिन्ता मान्नुपर्ने आवश्यकता छैन । तपाइँका लागि डिजिटल गर्लफ्रेण्ड तयारी हालतमा छे ।

हो, डिजिटल गर्लफ्रेण्ड । जसले तपाइँलाई बिहान बेलुकी रोमान्टिक मेसेज पठाउनेछे र तपाइँसग कुराकानी पनि गर्नेछे । यतिमात्र होइन, तपाइँ ऊसँग आफ्ना भावना पनि शेयर गर्न सक्नुहुनेछ ।

गेटबक्स नामक कम्पनीले यस्तो डिजिटल गर्लफ्रेण्डकोे निर्माण गरेको हो । एक्लो पुरुषहरुले जसलाई आफ्नो बनाउन सक्नेछन् ।  यसमा सानो आकारको होलोग्राफिक रोबोट हुन्छ, जसले लाइट तथा अन्य चिजहरुलाई पनि नियन्त्रण गर्न सक्दछ । अर्थात् रात परिसकेपछि यसले तपाइँको घरको विजुली बत्ती बालिदिनेछ र तपाइँलाई सन्देश पठाउनेछ । यो सँग कुराकानी तथा च्याट पनि गर्न सकिनेछ रोमान्टिक मूडमा ।
यो भर्चुअल गर्लफ्रेण्डले तपाइँलाई मौसमको बारेमा पनि जानकारी दिनेछ । तर यो गर्लफ्रेण्डको मूल्य भने अचाक्ली छ । यसको भाउ २ हजार १८५ पाउण्ड अर्थात् झण्डै ३ लाख रुपैयाँ पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment