Comments Add Comment

युएइमा निशुल्क स्वास्थ्य परीक्षण

uaeयुएइ । स्याङ्जा सहयोग समाज युएइद्वारा अबुधावीको मुसाफामा एक दिने निशुल्क स्वास्थ्य परीक्षण सम्पन्न भएको छ ।

अहलिया हस्पिटलको सहयोगमा अबुधावीको मुसाफा २६ स्थित ओसिस क्लिनिकमा भएको उक्त परीक्षणमा करिब ५० जना नेपालीले आफ्नाे स्वास्थ्य परीक्षण गराएको स्याङ्जा सहयोग समाज युएइका निवर्तमान उपाध्यक्ष सोवित थापाले जानकारी दिए ।

स्याङजा सहयोग समाज युएईका निवर्तमान उपाध्यक्ष सोवित थापाको विशेष पहलमा समाजका सल्लहकार लेखनाथ न्यौपाने, अबुधावी क्षेत्रीय समिति अध्यक्ष कमल शर्माको सक्रियतामा सम्पन्न भएको हो । कार्यक्रम मुसाफामा रहेका नेपाली कामदारप्रति लक्षित रहेको थियो । कार्यक्रममा रक्तचाप, मधुमेह, ज्वरोलगायत रोगको परीक्षण गरिएको थियो ।

समाजले यस्तै प्रकारको निशुल्क स्वाथ्य परीक्षण गत २० मे २०१६ मा पनि सोही स्थानमा गरेको र छिट्टै दुबई र शारजाहमा पनि गर्ने तयारीमा रहेको सोवित थापाले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment