Comments Add Comment

यस्ता छन् तिलको लड्डुका फाइदा

laddu

काठमाडौं । आज माघे संक्रान्ति, घरघरमा तिलको लड्डु खाने दिन । तिलको लड्डु अर्थात् तिलौरी भन्ने बित्तिकै धेरैको मुख रसाउँछ । तिलको लड्डु स्वादिलो त हुन्छ नै, स्वास्थ्यका हिसाबले पनि निकै गुणकारी मानिन्छ ।

हेर्दा साना देखिए पनि तिलौरी खानुका फाइदा अनेक छन् । त्यसैले हाम्रो समाजमा परापूर्व कालदेखि माघे संक्रान्तिको अवसरमा तिलको परिकार खाने चलन छ ।
तिलको परिकार खानुका फाइदा यस्ता छन्ः

खराब कोलेस्ट्रोल हटाउँछ

तिलमा मोनो स्याचुरेटेड फ्याटी एसिड हुन्छ, जसले शरीरमा भएको खराब कोलेस्ट्रोललाई नष्ट गरी राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ । यसले मुटु रोग, हृदयाघातको जोखिम कम गर्छ ।

क्यान्सर रोगको जोखिम घटाउँछ

तिलमा सेसमिन नामक एन्टीअक्सिडेन्ट तत्व हुन्छ । जसले क्यान्सर रोग बढाउने कोशिकालाई नष्ट गर्छ । यो कलेजो, फोक्सो, पेट, आन्द्रा, स्तन लगायतमा हुने क्यान्सर रोकथामको लागि समेत महत्वपूर्ण मानिन्छ ।

तनाव कम गर्छ

तिलमा नियासिन नामक भिटामिन हुन्छ, जुन तनाव कम गर्नका लागि लाभदायक मानिन्छ ।

मुटु स्वस्थ राख्छ

क्याल्सियम, आइरन, म्याग्नेसियम, जिन्क तथा सेलेनियमले भरिपूर्ण तिलले मुटुको मांसपेशीलाई स्वस्थ राख्न मद्दत गर्छ । जसले मुटुको धड्कनलाई नियमित बनाउँछ ।

शिशुको हड्डी बलियो बनाउँछ

बच्चाको विकासको लागि प्रोटिन निकै आवश्यक मानिन्छ । तिलमा डायटरी प्रोटिन तथा एमिनो एसिड पाइन्छ । जसले बालबालिकाको हड््डी विकसित गर्नुका साथै बलियो समेत बनाउँछ । सय ग्राम तिलमा १८ ग्राम प्रोटिन पाइन्छ ।

गर्भवतीलाई उपयोगी

तिलमा फोलिक एसिड पाइन्छ, जसले गर्भवती तथा तिनको गर्भमा रहेको शिशुको विकासमा फाइदा गर्छ ।

मधुमेहका बिरामीलाई लाभदायक

तिलले उच्च रक्तचाप नियन्त्रण गर्छ । यसमा पाइने एन्टी ग्लिसेमिकले रगतमा रहेको ग्लुकोजको मात्रालाई ३६ प्रतिशत कम गर्छ । यसैले टाइप २ मधुमेहका बिरामीका लागि यो लाभदायक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment