Comments Add Comment

मनाङले जित्यो खप्तड गोल्डकपको उपाधि

manang

१ माघ, धनगढी । सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । यससँगै उसले ५ लाख पुरस्कार हात पारेको छ ।

धनगढी रंगशालामा शनिबार भएको फाइनल भिडन्तमा मनाङले संकटालाई १-० गोल अन्तरले हराएको हो । मनाङका लागि खेलेको दोस्रो मिनेटमा नै अनिल गुरुङले गोल गरे ।

खेलको ८२ औं मिनेटमा संकटाले पेनाल्टी पाएको थियो । तर, विश्व अधिकारीको प्रहार क्रसबारमा लाग्यो । र, अनिलको गोल नै मनाङलाई उपाधि दिलाउन पर्याप्त रहृयो ।
उपविजेता संकटाले २ लाख ५१ हजारमा चित्त बुझाएको छ ।

खेलको म्यान अफ दि म्याच र प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि मनाङका अनिल गुरुङ नै बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment