Comments Add Comment

गैरआवसीय नेपालीलाई मन्त्री महतको आग्रह: स्वदेशमा लगानी बढाउनुस्

Prakash-Sharan-Mahatअमेरिका । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपालीलाई नेपालमा लगानी बढाउन र सिकेका ज्ञान तथा सीपलाई स्वदेशको विकासमा प्रयोग गर्न आग्रह गरेका छन् ।

गैरआवसीय नेपाली संघ अमेरिकाको पाँचौ साधारण सभालाई सम्बोधन गर्दै मन्त्री महतले नेपाल नयाँ संविधानको कार्यान्वयनमार्फत अब आर्थिक विकासको एजेण्डामा अघि बढ्न लागेको बताए ।

शनिबार अमेरिकाको टेक्सासस्थित डालासमा आयोजित कार्यक्रममा उनले विगतमा विभिन्न राजनीतिक आन्दोलका कारण विकास गति सुस्त भएको बताउँदै अब नेपल समृद्धिको दिशामा अघि बढ्ने बताए । मुलुकको समृद्धिका लागि गैरआवासीय नेपालीको साथ र सहयोगको खाँचो भएको उनको तर्क थियो ।

देशमा क्रमशः लगानीको वातारण बन्दै गएको भन्दै उनले मातृभूमिप्रति प्रवासमा रहेर पनि उल्लेख्य योगदान गर्न सकिनेमा जोड दिए । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले संस्थाको क्रियाकलापबारे चर्चा गरेका थिए ।

साधारण सभामा अमेरिकाका विभिन्न १७ वटा च्याप्टर तथा उत्तर अमेरिका, क्यानाडालगायतबाट करिब पाँच सय एनआरएनएका सदस्यको सहभागिता छ ।

संयुक्त राज्य अमेरिका एनआरएनएको सबैभन्दा बढी सदस्य रहेको देश हो । यहाँ दश हजार भन्दा बढी सदस्य रहेका छन् । हाल अमेरिकामा कम्तिमा तीन लाख नेपाली छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment