Comments Add Comment

कसले रोक्यो साउदी, बहराइन र ओमन जाने कामदारको मेडिकल ?

गाम्काले शुल्क बढाउन खोज्दा १२ हजार नेपाली कामदार प्रभावित

nepali-worker-baideshik-roj
२ माघ, काठमाडौं । साउदी अरब, बहराइन र ओमनमा काम गर्न जाने कामदारको मेडिकल जाँच रोकिएको आधा महिना बितेको छ । यसबाट विदेश जाने तयारीमा रहेका झण्डै झण्डै १२ हजारभन्दा बढी कामदारको भिसा प्रक्रिया अवरुद्ध भएको छ ।

उनीहरुको भिसा आवेदन गर्ने प्रक्रिया समेत रोकिएको छ । यसैका कारण नेपालका लागि आएका डिमान्ड पनि अन्य देशमा ‘डाइभर्ट’ हुन थालेको वैदेशिक रोजगार ब्यवसायी संघका महासचिव रोहन गुरुङले जानकारी दिए ।

तीनवटै देशमा मेडिकल नगरी भिसा आवेदन गर्न पाइँदैन । यी देशमा जाने कामदारको मेडिकल गर्ने जिम्मा ‘गाम्का नेपाल’ ले लिएको छ ।

बढेको परीक्षण शुल्क लागू गर्न सरकारले असहयोग गरेकाले मेडिकल बन्द गर्नु परेको उसले बताएको छ । तर, सरकारले भने केका आधारमा कामदारलाई भार पर्ने गरी मेडिकल शुल्क बढाइएको भन्ने स्पष्ट नभएसम्म गाम्कालाई थप शुल्क उठाउन नदिने अडान लिएको छ ।सरकारले मेडिकल शुल्कवृद्धि यसलाई ‘अवैधानिक’ भनेको छ ।

यही विवादका कारण गत जनवरी १ देखि साउदी अरब, बहराइन र ओमनमा जाने कामदारको मेडिकल बन्द छ । सोही दिनदेखि साउदी, ओमन र बहराइन जाने कामदारले अहिलेकोभन्दा थप एक हजार १ सय रुपैयाँ बढी शुल्क तिर्नुपर्ने व्यवस्था गाम्का नेपालले गरेको थियो ।

खाडी क्षेत्रका देशहरुको संगठन गल्फ अपरेसन काउन्सिल (जीसीसी) को स्वास्थ्य मन्त्रीहरुको परिषदले विदेशबाट लिने कामदारका मेडिकल परीक्षणका लागि रजिष्ट्रेशन शुल्कको नाममा १० डलर बढाएको गाम्काको भनाइ छ । यसअघि ५५ सय रहेको मेडिकल शुल्क अहिले झण्डै ६६ सय पुगेको बताइएको छ ।

तर, सरकारले जीसीसीले कामदारलाई आर्थिक भार नपर्ने गरी शुल्क बढाएको भन्दै श्रम तथा रोजगार मन्त्रालयले गाम्कालाई थप रकम उठाएर विदेश पठाउने प्रक्रियालाई रोकिदिएको छ । त्यसैका कारण गाम्काले परीक्षण नै रोकेर सरकारलाई दबाव दिइरहेको छ ।
गाम्काले मेडिकल गरेबापत तोकिएको बैंकमार्फत विदेशी बैंकमा रकम पठाउन राष्ट्र बैंकसँग सिफारिस मागेको थियो । राष्ट्र बैंकले भने त्यसका लागि रोजगार मन्त्रालयको सिफारिस मागेको छ । रोजगार मन्त्रालयले भने बढेको शुल्कप्रति आपत्ति जनाउँदै सिफारिस दिएको छैन ।

गाम्का अन्तरगतका १२ वटा मेडिकल सेन्टरले शुल्क बढाएर लिने तयारी गरेका छन् । खाडी मुलुकमा रोजगारीको संकट चुलिएको बेलामा यहाँबाट जाने कामदरको शुल्क भने विभिन्न समयमा अनेकन बाहना बनाएर बढाउने गरिएको छ ।

जीसीसीले बढेको शुल्कबारे औपचारिक जानकारी सरकारलाई नगराएको र त्यसका लागि आवश्यक छलफल पनि नगरेकाले गाम्कालाई सिफारिस दिन नसकिएको मन्त्रालयका एक अधिकारीले बताए ।

सोही विषयमा रोजगार मन्त्रालयले परराष्ट्रमार्फत साउदीस्थिति दूतावाससँग जानकारी मागेको छ । अब दूतावासले दिने जानकारीका आधारमा मात्रै गाम्कालाई त्यसको अनुमति दिने/नदिने निर्णय हुने मन्त्रालयले जनाएको छ ।

गाम्का अन्तरगतका १२ वटा मेडिकल सेन्टरले शुल्क बढाएर लिने तयारी गरेका छन् । खाडी मुलुकमा रोजगारीको संकट चुलिएको बेलामा यहाँबाट जाने कामदरको शुल्क भने विभिन्न समयमा अनेकन बाहना बनाएर बढाउने गरिएको छ ।

गाम्काको सुरुवात पछि ४५ सय रुपैयाँ रहेको मेडिकल शुल्क बढाएर ५५ सय बनाइएको थियो । हशिले फेरि एक हजार रुपैयाँ बढाउन उसले सरकारलाई दबाव दिइरहेको छ ।

मलेसियापछि अहिले साउदीसहित खाडी राष्ट्रमा आर्थिक संकट छ । त्यसैका कारण विभिन्न काममा खाडी पुगेका नेपालीले विभिन्न आर्थिक शोषण भोगिरहेका छन् ।

सरकारले मलेसिया सहित ६ खाडी देशमा निःशुल्क भिसा र टिकटको व्यवस्था निर्णय गरे पनि त्यसको कार्यान्वयनमा चासो दिएको छैन । कामदार पुरानो शुल्कभन्दा पनि बढी रकम बुझाएर विदेश जान बाध्य छन् ।

त्यसमाथि रोजगारदाता मुलुकबाटै विभिन्न बाहानामा शुल्क उठाउने क्रम जारी छ । सरकारले भिसा प्रमाणीकरण, अभिमुखिकरण कक्षा, कल्याणकारी कोष र बीमा लगायतका नाममा शुल्क पनि कामदार माथि आर्थिक भार थप्ने माध्यम बनेका छन् ।

सरकारले पनि कामदारमाथि आर्थिक भार थपिएको भन्दै गाम्कालाई बढाएर शुल्क लिन अनुमति दिएको छैन ।

तर, गाम्काले परीक्षण नै रोकेर गैरजिम्मेवार काम गरेको सरोकारवालाहरु बताउँछन् । गाम्को भने जिसीसीको निर्णय भएकाले यसलाई कार्यान्वयन गर्नेपर्ने तर्क गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment