Comments Add Comment

मेल्बर्नमा भब्य बन्यो नेपाली चित्रकला प्रदर्शनी, अब अन्य शहरमा पनि

melbourne-chitrakala-3१५ जनवरी, मेलवर्न । नेपाली जीवनशैलीलाई अष्ट्रेलियामा चिनाउने उदेश्यले मेलवर्नमा एक दिने चित्रकला प्रर्दशनी आयोजना गरिएको छ । जनवरी १४ तारिक शनिवार चित्रकार ग्यालरीले मेल्बर्नको ग्लेनरोयमा नेपाल झल्काउने चित्रकला प्रदर्शनी गरेको हो ।
बिहान १० बजे देखि साँझ ६ बजेसम्म चलेको सो प्रदर्शनीमा हलभित्र छिर्दा पृष्‍ठभूमीमा बजिरहेको नेपाली मौलिक धुनसँगै नेपाली सँस्कृति, जीवनशैली, प्राचिन सम्पदा र पर्यटकिय गन्तब्य दर्साउने सुन्दर चित्रकला हेरेर प्रसंसा नगर्ने कोही भएनन्।
प्रदर्शनीको उद्घाटन भिक्टोरियाका लागि नेपाली अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले गरेका थिए। करिव २५० जनाले अबलोकन गरेको सो चित्रकला प्रदर्शनीमा नेपाली मात्र नभइ गैरनेपालीहरुले पनि अबलोकन गरेका थिए। सो प्रदर्शनीको अवलोकन गर्दै थुप्रै अस्ट्रेलियनहरुले नेपालका प्राकृतिक सम्पदा तथा नेपाल सम्बन्धी जिज्ञासाहरु पनि राखेको चित्रकार ग्यालरीका अरुण चित्रकारले बताए।
melbourne-chitrakala-2
प्रदर्शनीमा २०० डलर देखि ५०० डलर सम्मका करीब डेढ दर्जन चित्रहरुको बुकिङ आएको  बताउँदै आयोजकले ‘एक घर -एक चित्र’ अभियान अन्तर्गत नेपालीका घर र ब्यवसायमा कम्तिमा एउटा नेपाली चित्र पुर्याउने अभियान चलाएको बताए। सो अभियानले ब्यवसाय मात्र नभै पर्यटन प्रबर्धनका लागि पनि सहयोग पुग्ने चित्रकारको विश्वाश छ। सो प्रदर्शनी भिक्टोरियाको नेपाली समुदायका अगुवाहरुले पनि अवलोकन गरेका थिए।
पहिलो चित्रकला प्रदर्शनी बाट पाएको प्रतिकृयाले आफुहरु उत्साहित भएको भन्दै चित्रकार ग्यालरीले अस्ट्रेलियाका अन्य शहरहरुमा पनि चित्रकला प्रदर्शनी गर्ने योजना बनाएको छ।
melbourne-chitrakala-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment