Comments Add Comment

‘शून्य डिग्री’ लिएर आए प्रोल्लास

काठमाडौं । प्रोल्लास सिन्धुलीयको उपन्यास ‘शून्य डिग्री’ सार्वजनिक भएको छ ।

shunya-degree-book-launchशनिबार सर्वनाम थिएटरमा आयोजित फरक शैलीको कार्यक्रम छोटो-मीठो रुपमा गरियो । कार्यक्रममा उपन्यासकै एक अंशलाई नाट्य रुपमा प्रस्तुत गर्दै उपन्यास सार्वजनिक गरियो । पुरु लम्सालले नाटक रुपान्तर तथा निर्देशन गरेको नाटकमा मीना पूर्णिमा खड्का, नितान्त दाहाल मल्ल, सुजन पौडेल, सुजिता अधिकारी र सुदर्शन अर्यालले अभिनय गरेका थिए ।

नाटक मञ्चनपछि वियोगी बुढाथोकी, निर्मोही व्यास, प्रकाश बस्नेत गफाडी, उपन्यासकारका बालसखा मोहनकुमार श्रेष्ठ र मणि शर्माले उपन्यासको लोकार्पण गरे । उपन्यासकार सिन्धुलीयले छोटो मन्तव्य राख्दै उपन्यासको पाण्डुलिपि पढेमध्येका व्यक्तिहरुबाट पुस्तक सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए ।

‘चुपचापको अन्त्य’, ‘झन्डालाई डिभी पर्‍यो भने के हुन्छ’ लगायत कवितासंग्रह प्रकाशन गरिसकेका सिन्धुलीयको यो पहिलो उपन्यास हो । पुस्तक साङ्ग्रिला बुक्सले छापेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment