Comments Add Comment

अमेरिकामा रहेका तमूहरुको सहयोगमा भूकम्प प्रभावित बिद्यालय पुनर्निर्माण

school-nirman

अमेरिकाको बोस्टन तमु समाजले भूकम्पले क्षतिग्रस्त गोरखा गाखु गाविस १ स्थित नामरुक देवी निम्न माध्यामिक बिद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण गरेको छ ।

गैरसरकारी संस्था खुसी नेपालसँगको सहकार्यमा बोस्टन तमू समाजले १७ हजार डलर लगानी गरेर बिद्यालय भवन पुनर्निर्माण गरेको समाजका अध्यक्ष सम्झना गुरुङले जानकारी दिइन् ।

१५ बर्षदेखि बोस्टनमा रहेका तमुहरुले बिभिन्न कार्यक्रम गरी सो रकम संकलन गरेका हुन् । भूकम्पले क्षति पुर्‍याएका बिद्यालयहरुको खोजी गर्दा गोरखाको तमरुक देवी निमाविलाई छनौट गरिएको र खुसी नेपालसँगको सहकार्यमा काम सम्पन्न भएको समाजकी अध्यक्ष सम्झनाले बताइन् । उनले बिद्यालय पुनर्निर्माणमा सहयोग गर्ने सबैलाई धन्यबाद दिइन्

school-children

गएको आइतबार बिद्यालय को ५२औं बाषिर्कोत्सव को अवसरमा नबनिर्मित भवनको साँचो खुसी नेपालका कार्यकारी प्रमुख सन्तोष पौडेलले बिद्यालय स्रोत व्यक्ति विश्वनाथ वाग्लेलाई हस्तान्तरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment