Comments Add Comment

‘फिल्मफेयर अवार्ड’मा ‘दंगल’ र आमिर उत्कृष्ट(पूर्ण सूचीसहित)

salman-jacline-and-pariniti
भारतको सर्वाधिक प्रतिष्ठित बलिउड अवार्ड ‘ फिल्मफेयर’को ६२ अाैं श्रृङ्खला शनिबार राती मुम्बइमा सम्पन्न भएको छ । बलिउडमा दर्जन बढी अवार्ड आयोजना भएपनि ‘फिल्मफेयर’लाई सर्वाधिक लोकप्रिय मानिन्छ । यस बर्षका प्रतिष्ठित ‘फिल्मफेयर अवार्ड’मा आमिर खान अभिनित ‘दंगल’ले तीन महत्वपूर्ण विधामा अवार्ड पाएको छ ।

महाविर सिंह फोगाटको चरित्र निर्वाह गरेका आमिरले सर्वोत्कृष्ट नायक, नितेश तिवारीले सर्वोत्कृष्ट निर्देशक र ‘दंगल’ले सर्वोत्कृष्ट फिल्मको अवार्ड पायो ।
‘उड्ता पञ्जाब र डियर जिन्दगी’मा अभिनय गरेकि आलिया भट्टले ‘डीयर जीन्दगी’बाटै सर्वोत्कृष्ट नायिकाको अवार्ड पाइन् ।

‘नीरजा’का लागि सोनम कपुरले क्रिटिक्स अवार्ड पाइन् । साहरुख खान, कपिल शर्मा र करण जोहरले संचालन गरेको कार्यक्रममा बलिउडका चर्चित अनुहारहरु पुगेका थिए । भारतकै प्रतिष्ठित फिल्म अवार्डमा कुन विधामा कसले अवार्ड जिते, यहाँ प्रस्तुत गरिएको छ ।

उत्कृष्ट नायकः आमिर खान (दंगल)
उत्कृष्ट नायिकाः आलिया भट्ट (डीयर जिन्दगी)
उत्कृष्ट फिल्मः दंगल
उत्कृष्ट निर्देशकः नितेश तिवारी (दंगल)
फिल्मफेयर क्रिटिक्स अवार्ड (बेस्ट फिल्म): नीरजा
फिल्मफेयर क्रिटिक्स अवार्ड (बेस्ट ऐक्टर): शाहिद कपूर (उड्ता पंजाब) र मनोज वाजपेयी (अलीगढ)
फिल्मफेयर क्रिटिक्स अवार्ड (बेस्ट एक्ट्रेस): सोनम कपूर (नीरजा)
उत्कृष्छ नायक (लघु फिल्म) : मनोज वाजपेयी (ताण्डव)
उत्कृष्ट नव-निर्देशकः अश्विनी अैयर तिवारी (निल बट्टे सन्नाटा)
उत्कृष्ट नव-नायक : दिलजीत दोसांज (उड्ता पंजाब)
उत्कृष्ट नव-नायिका : रितिका सिंह (साला खडुस)
उत्कृष्ट संवाद : रितेश शाह (पिंक)
उत्कृष्ट पटकथा : शकुन बत्रा र आयशा देवित्रे ढिल्लन (कपूर एन्ड सन्स)
उत्कृष्ट कथाः शकुन बत्रा र आयशा देवित्रे ढिल्लन (कपुर एन्ड सन्स)
उत्कृष्ट सह-अभिनेताः ऋषि कपूर (कपूर एन्ड सन्स)
उत्कृष्ट सह-अभिनेत्रीः शबाना आजमी (नीरजा)
फिल्मफेयर लाइफ टाइम एचिभमेन्ट अवार्डः शत्रुघन सिन्हा
उत्कृष्ट संगीतः प्रीतम (ऐ दिल है मुश्किल)
उत्कृष्ट प्लेब्याक सिंगर(पुरुष): अरिजत सिंह (ऐ दिल है मुश्किल)
उत्कृष्ट प्लेब्याक सिंगर (महिला): नेहा भसीन (जग घूमेया, सुल्तान)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment