Comments Add Comment

भृकुटीमण्डपको ‘बिग सेल’ मेलामा जुत्ता चप्पल किन्नेको घुइँचो

jutta-mela2
२ माघ, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी जुत्ताचप्पलको बिग सेल मेला दैनिक रुपमा भीड बढ्दै गएको छ । मेलामा दिइएको आकर्षक दरको छुटले उपभोक्तालाई तानेको छ । नेपाली जुत्ता घरको आयोजनामा भइरहेको मेलामा व्यवसायीले शो-रुमको भन्दा दुई गुणासम्म मूल्य घटााएर जुत्ता, चप्पल बेचिरहेका छन् ।

पछिल्लो समयमा नेपाली जुत्तामा उपभोक्ताको आकर्षण र विश्वास बढेको छ । विभिन्न कम्पनीले मेलमा मूल्य घटाएर मेलामा जुत्ता, चप्पल राखेका छन् । सबै बर्ग र उमेरका लागि हुने र सस्तादेखि महंगासम्मलाई हुने किसिमका फुटवेयर मेलाको आकर्षण बनेका छन् ।

मेलाले स्वेशी जुत्ताको प्रवर्द्धनका निकै सहयोग पुगेको आयोजकले जनाएको छ । स्वदेशी जुत्ता विदेशी जत्तिकै बलियो र आकर्षक भएकै कारणले उपभोक्तामाझ लोकपि्रय बन्दै गएको छ ।

jutta-mela2
जारी मेलालाइ हजारौं उपभोक्ताहरुले अभिरुचीपुर्वक अवलोकन गरिसकेका छन् । बिग सेल मेलामा विभिन्न कम्पनीले जाडो याम लक्षित गरि नयाँ डिजाइनका जुत्ताहरु समेत बिक्री वितरणमा ल्याइएको छ ।

नयाँ डिजाईन एवम् मोडलका जुत्ताहरु भृकुटीमण्डपको बिग सेल मेलामा उपलब्ध गराइएको छ । यी जुत्ताहरुमा खुद्रा बिक्रि मुल्यमा ७५ प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ ।

मेलामा १५० देखि १० हजार सम्मका जुत्ता तथा चप्पल बिक्रि वितरणका लागि राखिएको छ । मेलामा उपभोक्ताले सर्वसुलभ मूल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको विकासको लागी एक अनुपम थलो हुने विश्वास आयोजकको रहेको छ ।

नेपाली जुत्ता घरमा आवद्ध कम्पनीको उत्पादनको गुणस्तर तथा विश्वसनीयताले यस अघिका बिग सेल मेलामा आएका उपभोक्ताहरुनै यसवर्ष पनि मेलाको प्रतिक्षामा रहने गरेको पाइएको छ ।

सन्तुष्ट आम उपभोक्ताहरुको चर्चा र नेपाली ब्राण्डप्रतिको बिश्वासको फलस्वरुप नियमित रुपमा नेपाली जुत्ता तथा चप्पलहरुको प्रयोगकर्ता दिनानुदिन बढ्दै गएको नेपाली जुत्ता घरले जनाएको छ ।

big-sale-melaनेपाली जुत्ता उद्योगहरुबाट उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु बाषिर्क रुपमा निश्चित समयको लागि बिशेष छुट र सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धी मुल्यमा बिक्रि बितरण गरी नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाउनु मेलाको प्रमुख उद्देश्य रहेको नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाईंले बताए ।

उनकाअनुसार नेपाली ब्राण्ड लगाउन प्रोत्साहन गर्न र उपभोक्तालाई यसैमा बानी बसाल्न मेलामा विभिन्न डिजाइनका जुत्ता तथा चप्पलहरु निकै कम मूल्यमा बिक्री गरिँदैछ ।

शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता, टाकुरा सुज, शु ल्याण्ड, सफ्ट टच, फुटल्याण्ड, ईजी सुज् र टम टेलर जस्ता चर्चित नेपाली ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिर्फम जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस एक्स्पोमा उपलब्ध छन् ।

jutta-mela3
यो मेलामा दुई लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोरभन्दा बढी जुत्ता चप्पलहरु बिक्री हुने अनुमान छ ।

कोही नझुक्किउन् र नठगिउन् भनेर उपभोक्ताहरुको हितलाई ध्यानमा राखी नेपाली जुत्ता घरमा उपलब्ध भएका सम्पूर्ण जुत्ता चप्पलहरुमा खुद्रा बिक्री मुल्य अंकति गरिएको छ । नेपाली ब्राण्डका जुत्ता तथा चप्पलहरुमा ६ महिनाको वारेन्टीसहित बिक्री गरिँदै आएको छ ।

राष्ट्रिय नाचघर जमलस्थित मुख्य शोरुमसहित आफ्नो स्थापनाको ४ वर्षकोमा नेपाली जुत्ता घरले आफ्नो सेवा महाराजगञ्ज चक्रपथ, ललितपुरको कुमारीपाटी, नमस्ते सुपरमार्केट पुल्चोक र बुद्धमल बालाजुमा गरी ५ वटा विस्तार गरेको छ ।

बिग सेलको यो योजना नेपाली जुत्ता घरका सबै बिक्री कक्षहरुमा समेत उपलब्ध गराइएको छ । मेला माघ ९ गतेसम्म चल्नेछ ।
jutta-mela4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment