Comments Add Comment

आलियालाई प्रियंकाको यस्तो प्रेम सन्देश

pc-and-aliya-bhatta
बलिउडबाट हलिउड पुगेकी नायिका प्रियंका चोपडाले अर्की नायिका आलिया भट्टलाई प्रेम सन्देश दिएकी छिन् । एक टक शोमा कुराकानी गर्ने क्रममा प्रियंकाले आलियालाई ‘लभ गल’ भनेकी हुन् ।

उनलाई सोधिएको थियो, तपाई ‘गल लभ’ सन्देश कसलाई पठाउन चाहनुहुन्छ ?’ सो प्रश्नको जवाफ दिदै चोपडाले भनिन्-‘म यो बर्षको ‘लभ गल’ सन्देश आलिया भट्टलाई पठाउन चाहन्छु । सन् २०१६ उनका लागि विशेष रहेको छ । उनी अहिले जवान छिन्, तर जब चलचित्रमा उनी अभिनय गर्छिन्, लाग्छ उनको उमेर पनि हाम्रै जस्तै हो ।’

चोपडाले आलियामा विशेष खुबी भएको बताइन् । चोपडाले, आलियाको सफलता र प्रगतीका कारण यो बर्षको ‘लभ गल’ उनी नै हुने बताइन् । आफू अमेरिकामा रहँदा पनि भारतीय खाना खाने उनको भनाई छ । आफूले भारतदेखि नै खाना पकाउने महिला अमेरिका ल्याएको भन्दै चोपडाले अरु भारतीयहरु पनि आफ्नोमा देसी खाना खान आउने उनले सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment