Comments Add Comment

सिद्धू कांग्रेस पार्टीमा प्रवेश

nabajot-siddhu

२ माघ, काठमाडौं । पञ्जाब विधानसभा चुनावको ठीक अघि क्रिकेटर नवजोत सिंह सिद्धू कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।

कांग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले सिद्धूलाई स्वागत गरे । गत वर्ष नोभेम्बरमा उनकी पत्नी नवजोत कौर पनि कांग्रेसमा प्रवेश गरेकी थिइन् । यसपछि क्रिकेटर सिद्धू पनि कांग्रेसमा प्रवेश गर्ने अड्कलबाजी हुने थालेको थियो ।

चर्चित टेलिभिजन शो ‘कमेडी विथ कपिल’मा समेत रहेका सिद्धूले केही अघि भारतीय जनता पार्टी छाडेका थिए । उनले ‘आवाज-ए-पञ्जाब’ नामको दल पनि खोलेका थिए, जसमा सिद्धूका साथै उनकी पत्नी पूर्व अकाली नेता परगट सिंह पनि थिए । परगट सिंह पनि नोभेम्बरमा नै कांग्रेसमा प्रवेश गरेका थिए ।

उसो त सिद्धू दम्पती आम आदमी पार्टीमा प्रवेश गर्न सक्ने अनुमान पनि थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment