Comments Add Comment

सिटिजन्स बैंक को इएमभीमा आधारित चिप कार्ड जारी

२ माघ, काठमाडौं । सिटिजन्स बैकले यही माघ१ गतेदेखि इएमभीमा आधारित चिप कार्ड (भिसा डेविट तथा क्रेडिट कार्डहरु) जारी गरेको छ । बैंकले ग्राहकहरुसँग रहेको पुराना म्याद नाघेको म्यागनेटिक स्ट्रिप कार्ड नविकरण गर्दा अनिवार्य रुपमा चिप वितरण गर्ने भएको छ । त्यस्तै, ग्राहकवर्गसँग रहेको म्याद ननाघेको म्यागनेटिक स्ट्रिप कार्ड परिवर्तन गर्न चाहेने ग्राहकवर्गको लागी न्यूनतम शुल्क लिई परिवर्तन गरि दिने व्यवस्था बैंकले गरिएको छ ।

visa_cardबैंकले हाल नेपाल र भारतमा प्रयोग गर्न सकिने डोमेस्टिक डेबिट र क्रेडिट कार्डका साथै बिश्वव्यापि रुपमा प्रयोग गर्न सकिने इन्टरनेशनल डलर डेविट एवं क्रेडिट कार्ड संचालन गरिरहेको छ । चिपमा आधारित कार्डको प्रयोगवाट हुने कारोवार सुरक्षित एवं भरपर्दो हुने भएकोले चोरी एवं अनधिकृत कारोवार हुने सम्भावना न्यून रहन्छ ।

बैंकले आफ्नो ५८ वटा शाखा र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाबाट करिब ५ लाख ग्राहाकहरुलाई सेवा प्रदान गरिरहेको छ । हाल बैंकको उपत्यका भित्र २७ र उपत्यका बाहिर २६ वटा गरी कुल ५३ वटा ए.टि.एम.हरु सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment