+
+

स्ट्याण्डर्ड चार्टर्डको एफपिओ बिक्री प्रबन्धकमा एनएमबी

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २ गते १७:३७

scb_2

२ माघ, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले जारी गर्ने तयारी गरेको नयाँ सेयर (एफपीओ)को बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकर क्यापिटलबीच यस विषयमा सम्झौता भएको छ ।

बैंकले चुक्त पूँजी वृद्धि गर्न एफपीओ जारी गर्ने भएको हो । बैंकले प्रिमियम मूल्य सहित १ हजार २ सय ९० रुपैयाँ नयाँ सेयर एफपिओ जारी गर्ने भएको हो । बैंकले २५ लाख ५८ हजार १ सय ४० कित्ता सेयर जारी गर्ने योजना बनाएको हो । बैंकको अहिले दुई अर्ब ८१ करोड रुपैयाँ पूँजी छ। बैंकले १ सयको दरमा उठ्ने २५ करोड ५८ हजार चुक्ता पुँजीमा र बाँकी ३ अर्ब ४ करोड रुपैयाँ सञ्चितीमा राख्नु पर्ने हुन्छ । बैंकले बजारबाट ३ अर्ब ३० करोड उठाउन यो सेयर जारी गरेको उल्लेख गरेको छ । बैंकले प्रिमियम वापतको रकम पनि बोनस दिएर चुक्तापुँजी वृद्धिमा प्रयोग गर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?