Comments Add Comment

गण्डकी विकास बैंकको मर्जर प्रस्ताव पारित

original1473582555gandakibikashbankltd

२ माघ, काठमाडौं । गत शुक्रवार सम्पन्न गण्डकी बिकास बैंकको विशेष साधारण सभाले यस बैंक फेवा विकास बैंकसँग मर्जर गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । फेवा विकास बैंकको नवौ बार्षिक साधरण सभाले पनि यो प्रस्ताव पारित गरेको हो ।

बैंकहरुको सेयर स्वाप अनुपात एक वराबर एक हुने भएको छ । सोही सभाले मर्जर पश्चात गठन हुने संचालन समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुको चयनसंचालक समितिलाई अख्तियारी समेत दिने प्रस्ताव पनि पारीत गरेको छ ।

बैंकहरुले अन्तिम स्विकृतिको लागी राष्ट्र बैंक समक्ष निवेदन पेश गर्ने छन् र चाडै नै संयुक्त कारोवार हुनेछ । मर्जरपछि पनि बैंकको नाम गण्डकी विकास बैंक हुने छ । बैंकको संचालक समिति अध्यक्षमा जगन बहादुर गुरुङ्ग र प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा रहने छन् । छविन्द्रनाथ शर्मा भने नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा रहने छन् । मर्जर पश्चात बैंकको कुल चुक्ता पुँजी रु १ अर्व ८४ करोड पुग्नेछ । कुल शाखा संख्या ५० र एटिएम संख्या २० पुग्नेछ । कुल निक्षेप दायित्व रु १७ अर्व ६८ करोड एवं कर्जा लगानी रु १५ अर्व ४० करोड हुनेछ । कुल ग्राहक संख्या २ लाख भन्दा बढी हुनेछ । शाखा संजालको आधारमा यो बैंक राष्ट्रिय स्तरको विकास बैंकमा अग्रणी स्थानमा रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment