Comments Add Comment

१०८ रुपैयाँमै चन्द्रागिरी  केबलकारको टिकट !

chandragriri-pr
२ माघ, काठमाडौं । माघ महिनाको प्रत्येक सोमबार बिहान भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीको चन्द्रागिरी हिल्सले केबलकार टिकट खरिदमा छुटको घोषणा गरेको छ । माघ महिनाभर प्रत्येक सोमबार पहिले टिकट खरिद गर्ने १०८ जनाले १ सय ८ रुपैयाँमा नै टिकट प्राप्त गर्नेछन् ।

व्यवस्थाअन्तर्गत एक जनाले एउटा मात्र टिकट लिन पाउनेछन् । टिकट काठमाडौं थानकोटस्थित कम्पनीको टिकट काउन्टरबाट मात्र लिनुपर्नेछ । खरिद गरिएका टिकट सोहि दिनका लागि मात्र मान्य हुनेछन् ।

यो छुटको अवधिमा एक सय आठ टिकट लिनेहरुले अन्य छुट भने पाउने छैनन् । केबलकार सञ्चालनमा आएदेखि पौषमसान्तसम्म २ लाख ८९ हजार ४ सय १५ जनाले केबरकारको यात्रा गरेर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment