Comments Add Comment

दीपिकालाई पहिरनले धोका दिएपछि…

deepikaआफुले लगाएको पहिरन उदाङ्गो भएपछि कसरी लाज ढाक्ने ? यस्तै सकस भएको हुनुपर्छ, दीपिका पादुकोणलाई । प्रसंग हो, हलिउड फिल्म ‘ट्रिपल एक्स द रिटर्न अफ जेन्डर केज’ प्रिमियरको ।

फिल्ममा हलिउड स्टार विन डीजलसँग दीपिकाले पनि अभिनय गरेकी छिन् । आफु अभिनित हलिउड फिल्म प्रमोशनकै क्रममा उनी भारत आइन् । मुम्वाइमा गरिएको पि्रमियर शोमा पुगेकी दीपिकालाई भने पहिरनले धोका दियो ।

प्रिमियर शोमा हलिउड स्टार विन डीजलसँगै दीपिका पनि उपस्थित थिइन्, गोल्डेन गाउनमा । तर, उनलाई गाउनले धोका दियो । उनले धेरैजसो समय आफ्नो गाउन सम्हाल्नमै खर्चिइन् । नखर्चिउन् पनि किन, नईम खानले डिजाइन गरेको गोल्डेन गाउनले लाज ढाक्न मुश्किल भएपछि ।

अग्रभाग उदाङ्गो गाउन निकै कसिलो पनि थियो । त्यही कारण दीपिकालाई उठ्न र बस्न गाह्रो भएको अनुमान गर्न सकिन्थ्यो । कसिलो भएकैले पछाडिको सिलाई तन्किएर धागो निस्किएको देखिन्थ्यो । भाग्यवस उक्त सिलाई उप्किएन । दीपिका संभावित संकटवाट बचिन् । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment