Comments Add Comment

टेनिसकी एनीलाई करातेमा स्वर्ण

२ माघ, काठमाडौं । लनटेनिस खेलाडी एनी माथेमाले नवौं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार स्वर्ण जितेकी छन् ।

नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) द्वारा आयोजित प्रतियोगिताको महिला ५५-६० केजीको फाइनलमा नेपालकी एनीले नेपालकै मनीषा खड्कालाई पराजित गर्दै स्वर्ण जितिन् ।

एनीकी जुम्ल्याहा बहिनी क्याथ्रिनले पनि प्रतियोगितामा १ रजत र १ कांस्य पदक हात पार्न सफल भइन् । क्याथ्रिन पनि लनटेनिस खेलाडी हुन् ।

जुनियर महिला एकल कातामा नेपालकी स्निग्धा जोशी, जुनियर पुरुष एकल कातामा नेपालका सुसन, महिला ५०-५५ केजीमा नेपालकी जस्मिन खड्का, सिनियर पुरुष कातामा चेकोस्लाभियाका कृष, पुरुष ६०-६५ केजीमा नेपालका सुनील थारु, पुरुष २५-३० केजीमा नेपालका समिर तामाङ, पुरुष ३५-४० केजीमा नेपालका सुसन देवान, महिला ३५-४० केजीमा नेपालकी स्नेहा कार्की, पुरुष २०-२५ केजीमा नेपालका गौरव तामाङ तथा पुरुष ३०-३५ केजीमा नेपालका रजिन लामाले स्वर्ण जिते ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको सिनियर महिला कातामा भारतकी खुश्बु बर्गाडे, महिला ४५-५० केजीमा नेपालकी महिमा सिंह, महिला ४०-४५ केजीमा नेपालकी सुनीता गुरुङ, पुरुष ४०-४५ केजीमा नेपालका अंकित श्रेष्ठ तथा पुरुष ४५-५० केजीमा नेपालका प्रकाश मगरले पहिलो स्थान हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment