Comments Add Comment

सुनकाण्डपछि एयरपोर्टका एसएसपी खत्री हेडक्वार्टर तानिए

nepal-police२ माघ काठमाडौं । त्रिभुवन विमानस्थलमा सुरक्षार्थ खटिएका एसएसपी श्याम खत्री प्रहरी प्रधान कार्यालयको प्रशासन शाखामा तानिएका छन् ।

विमानस्थलमा ३४ किलो सुनकाण्डपछि कर्मचारीहरु छानविनको दायरामा आउने क्रमसँगै एसएसपी खत्रीलाई पनि त्यहाँबाट फिर्ता बोलाइएको गृहमन्त्रालय स्रोतले बतायो ।

एसएसपीलाई फिर्ता बोलाइए पनि डीआइजी गोविन्द निरौलालाई भने अहिलेसम्म प्रधान कार्यालयले फिर्ता बोलाएको छैन ।

गृह मन्त्रालयले भने डीआइजीलाई पनि फिर्ता बोलाउन प्रहरी महानिरीक्षकलाई भनेको स्रोतले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment