Comments Add Comment

बलिउड स्टारका झगडाः जो अहिलेसम्म सुल्झेनन्

निर्देशक करण जोहर र अभिनेता अजय देवगणबीचको रस्साकस्सीले अहिले बलिउडलाई तताइरहेको छ । अजयसँगको आफ्नो पुरानो झगडालाई निर्देशक जोहरले आफ्नो बायोग्राफीमा वर्णन गरेका छन् ।

यद्यपि बलिउडकर्मीहरु बीचको झगडा यो नै पहिलो होइन । त्यहाँ थुप्रै स्टारहरु आपसमा तितो सम्वन्ध साँचिरहेका छन् । यहाँ केही यस्ता स्टारहरुको चर्चा गरिएको छः

shahrukh-ajay

शाहरुख खान र अजय देवगण

उनीहरुको विवाद ‘जब तक है जान’ र ‘सन अफ सरदार’ भन्दा अगाडिको हो । राकेश रोशनको फिल्म करण अर्जुनमा अजय र शाहरुखलाई अफर आएको थियो । शाहरुखलाई अफर गरिएको भूमिका अजय चाहन्थे । त्यतिबेला फिल्मको नाम कायनात राखिएको थियो । दुवैले राकेशसँग कुरा गरे तर राकेशले भूमिका परिवर्तन गर्न मानेनन् । यहि बीचमा सलमानको प्रवेश भयो । यो कुरा अजयलाई शाहरुखले बताएनन् । अजयले त्यतिबेला देखि नै शारुखले धोका दिएको महसुस गरिरहे ।

राकेश रोशन र अनुराग कश्यप

२००६ मा ‘क्रिस’ फिल्म रिलिज हुँदा विनाकारण राकेश रोशन र अनुराग कश्यपको लफडा पर्‍यो । सुभाष घईको एक्टिङ स्कुल हिसलिङ वुड्समा अनुरागलाई लेक्चरका लागि बोलाइएको थियो । त्यहाँ विद्यार्थीले फिल्मको सफलताको कुरा उठाए । यसै प्रसंगमा अनुरागले खुला मञ्चमा क्रिस फिल्मलाई दोस्रो दर्जाको भनिदिए । यस कुराबाट राकेश रोशन निकै रुष्ट भए ।

amir-rekha
आमिर खान र रेखा

आमिर खानका बाबु ताहिर हुसेन प्रख्यात फिल्म निर्माता थिए । उनले ८० को दशकमा एउटा फिल्म शुरु गरेका थिए, लकेट । यसमा रेखा मुख्य भूमिकामा थिइन् । रेखाको कारणले ताहिरले धेरै कष्ट उठाउनुपर्‍यो । उनी कहिले सुटिङमा नआउने त कहिले ढिला आउने गर्थिन् । फिल्मको धेरैवटा सिन रिसुट पनि गर्नुपर्‍यो । यो सबै आमिर नजिकबाट देखिरहेका थिए । फिल्ममा चम्किएपछि आमिरले यस विषयमा कहिल्यै मुख खोलेनन् तर रेखासँग कहिल्यै काम पनि गरेनन् ।

सनी देवल र आदित्य चोपडा

सनी देवल र आदित्य चोपडाबीच डर फिल्मको निर्माण क्रममा भएको झगडा अहिलेसम्म सुल्झेको छैन । सो फिल्ममा काम गर्न आदित्यले सनीलाई मनाएका थिए । तर, सनीलाई दिइएको वचन आदित्यले पुरा गरेनन् । फिल्ममा सनीको भूमिका कमजोर रह्यो । उक्त फिल्ममा भएको मनमुटाबपछि दुवै जनाबीच बन्द भएको बोलचाल अहिलेसम्म खुलेको छैन । यशराज फिल्म्सबाट बनेका कुनै पनि फिल्ममा सनी जोडिएनन् । दुवैको घर मुम्बईको जुहू इलाकामा सँगसँगै छ ।

अजय देवगण र करण जोहर

‘कुछ कुछ होता है’ फिल्मदेखि करण जोहर र अजय देवगणको झगडा सुरु भएको हो । सो फिल्ममा शाहरुख खान, रानी मुखर्जी र काजोलले अभिनय गरेका थिए । उनीहरु तीनैजनासँग करणले एउटा कोल्ड डि्रङ्कका लागि फोटोसुट गरेका थिए । त्यतिबेलादेखि नै करण र अजयको मनमुटाव बढेको थियो । शाहरुख र अजयबीच करण अर्जुनताकाको झगडा र काजोलसँग अजयको आशक्तिले यो मनमुटाव जन्माएको थियो । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment