Comments Add Comment

अन्तिम संस्कार चलिरहँदा ‘मृतक’ जुरुक्क उठेपछि

pay-asiawire-alivepensionerमरेको भनेर कफिनमा राखिएका व्यक्ति एकाएक जुरुक्क उठेपछि देख्नेहरु स्तब्ध बनेका छन् । यो चीनको सिचुवान प्रदेशस्थित जुनलियान काउन्टीमा भएको घटना हो ।

‘सास फेर्न रोकिएको र हात-गोडा चिसा भएको’ भनेर ७५ वर्षिय वृद्धलाई उनका छोरा र आफन्तले मृत घोषित गरेका थिए । तर कफिनमा राखेर अन्तिम संस्कार भइरहेका बेला वृद्ध एक्कासी हलचल गर्न थाले । जब कफिनको बिर्को खोलियो वृद्धले जुरुक्क उठेर सोधे, ‘यहाँ के भइरहेको छ हँ ? के मलाई गाड्ने तयारी गरिरहेका छौ ?’ त्यतिबेला भेला भएका मानिसहरु सबै अवाक् बने ।

अन्तिम संस्कार सुरु भएको आठ घन्टापछि वृद्ध उठेका हुन् । उनलाई श्रद्धान्जली दिन थुप्रै मानिसहरु घरमा जम्मा भएका थिए । अन्तिम संस्कार केहि दिनसम्म जारी रहनेवाला थियो ।

pay-asiawire_alivepensioner_04

वृद्ध उठेपछि उनका छोराछोरीले हतार-हतार कफिनबाट निकालेर ओछ्यानमा सुताएका थिए । उनीहरुले आफूहरुले गरेको गल्तिका लागि वृद्धसँग क्षमा मागे । बिरामी अवस्थामा रहेका वृद्ध एकदमै थकित र कमजोर बनेका छन् । उनले दुई दिनदेखि ठोस पदार्थ खान सकेका छैनन् र खोले मात्र खाइरहेका छन् ।-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment