Comments Add Comment

आजका पत्रपत्रिकामा फ्रन्टपेजः संविधान संशोधनको लफडादेखि सुन तस्करीको नालीवेलीसम्म

frontpage

३ माघ, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित हुने राष्ट्रिय दैनिकहरुले फरक फरक समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।

आजको नागरिक दैनिकले प्रचण्ड सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव पारित गर्न भोट नपुग्ने भएकाले प्रस्ताव फेल हुने समाचारलाई फ्रन्टपेजमा प्रमुखताका साथ प्रकाशित गरेको छ ।

नागरिक दैनिकले ‘एकैदिन डेढ करोड ‘लुट्छन्’ तस्कर’ शीर्षकमा सुन तस्करीबारेको समाचार पनि फ्रन्टपेजमा छापेको छ ।

नयाँ पत्रिका दैनिकले कांग्रेस सभापतिको १० महिने कार्यालयका रुपमा शेरबहादुर देउवाले गरेका र गर्न बाँकी कामबारे बिश्लेषण गरेको छ ।

आजको अन्नपूर्ण पोस्ट दैनिकले जातीय छुवाछुतको नमूनाका रुपमा तराईका डोम समुदायलाई बिद्यालयमै छोइछिटो गरिने समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।

त्यस्तै कान्तिपुर दैनिकले एमाले बैठकको निर्णयलाई उदृत गर्दै चुनावको चिन्ता खोइ ? शीर्षकको समाचार फ्रन्टपेजमा छापेको छ ।

annapurna

nagarik

naya-patrika

kantipur

gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment