Comments Add Comment

कांग्रेस सभापति देउवाका १० महिना, पदाधिकारी नियुक्त गर्न पनि सकेनन्

sher-bahadur-deuba

३ माघ, काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी घोषणा गर्दा शेरबहादुर देउवाले आफूले जिते कांग्रेसलाई विधि विधान र पद्धतिमा डोहोर्‍याउने बताएका थिए । उनले सुशील कोइरालाई पराजित गर्दै सभापति जित्न पनि सफल भए ।

औपचारिक रुपमा कांग्रेसको नेतृत्व संहालेको १० महिना वितिसकेको छ, तर तिनै देउवाले पार्टीको बिधानले बाँधेका थुप्रै काम पूरा गर्न सकेका छैनन् । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

१० महिने कार्यकालमा उनले भातृ संगठनको महाधिवेशन गरे, बाम गठबन्धन तोड्न सफल भए भने संसदीय दल र कार्यसमितिको निर्वाचन गराउन सफल भए ।

तर उनी चार चरणमा १२ सदस्य मनोनयन गर्न असफल भए । त्यसमध्ये ३ जना मनोनित गरेपनि ९ जना अझै बाँकी छ ।

बिधान अनुसार २ महिनामा गठन हुनुपर्ने बिभाग अलपत्र परेको छ भने उपसभापति र महामन्त्रीको मनोनयन अझै हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment