Comments Add Comment

विराट र केदारले दिलाए भारतलाई रोमाञ्चक जित

virat-kohali

२ माघ, काठमाडौं । इंग्ल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारतले ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । इंग्ल्याण्डले दिएको ३५१ रनको लक्ष्य भारतले ११ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।

एक समय भारतका लागि यो स्कोर ठूलो हो, भेट्टाउन उजिलो छैन भन्ने देखिएको थियो । तर, विराट कोहलीको शानदार शतकको मदतमा भारत जित्यो, जसमा उनलाई केदार जाधवको महत्वपूर्ण भूमिका छ ।

सुरुवातमा भारतको पारी धरमराएको थियो । उसका एल राहुल, शिखर धवन, युवराज सिंह र महेन्द्र सिंह धोनी आउट भए ।

तर, एकदिवसीयको पहिलो कप्तान गरिरहेका विराटले शानदार पारी खेले । उनले पाँचौ विकेटको लागि केदार जाधवसँग २०० रनको साझेदारी गरे ।

विराटले १२२ रन बनाए भने जाधवले पनि १२० रन जोडे । हार्दिक पाण्डेय ४० रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ७ विकेट गुमाएर ३५० रन बनाएका थियो । उसका लागि जोए रुटले ७८ र जेसन रोएले ७३ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment