Comments Add Comment

चितवनको रेडियो नारायणीमा आगलागी, प्रशारण बन्द

radio-narayani

३ माघ चितवन । चितवनको भरतपुरस्थित सामुदायिक रेडियो ‘रेडियो नारायणी’मा आगलागी भएको छ ।

गएराति करिव ८ बजे विद्युत सर्ट भई आगलागी भएको रेडियोका सञ्चालक गोविन्द देवकोटाले जानकारी दिए । दवकोटा अकोरावका महासचिवसमेत हुन् ।

आगलागीबाट रेडियोको युपिएस व्याट्रीसेट, कम्भर्टर, ट्रन्समिटर लगायतमा क्षति पुगेको उनले जानकारी दिए । आगलागीबाट भएको क्षतिको मुल्यांकन भइनसके पनि १५ लाख बराबरको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।

सोलारको चार्ज कन्ट्रोलरबाट विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीपछि रेडियोको प्रशारण बन्द छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment