Comments Add Comment

युभेन्टसको अप्रत्यासित हार, अग्रता एक अंकमा सीमित

fiorentina

३ माघ, काठमाडौं । इटालियन सिरिएमा लिग लिडर युभेन्टसले फिओरेन्टिनासँग अप्रत्यासित हात व्यहोरेको छ ।

आइतबार राति भएको खेलमा युभेन्टस फिओरेन्टिनासँग २–१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा फिओरेन्टिनाले ३७ औं मिनेटमा कलिनिकको गोलबाट अग्रता लिएको थियो । ५४ औं मिनेटमा बाडेले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

चार मिनेट लगतै हिगुइनले गोल गर्दै युभेन्टसलाई खेलमा फर्काउने संकेत गरे । तर, थप गोल गर्न सकेन र लिग लिडरले हार व्यहारेको छ ।

हारसँगै युभेन्टसको अग्रता १ अंकमा झरेको छ । उसको १९ खेलबाट ४५ अंक छ भने दोस्रो स्थानमा रहेको रोमाको ४० अंक छ । तर, उसले एक खेल बढी खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment