Comments Add Comment

बजेट व्यवस्थापन सँगै थारूहट रङ्गशालाको स्तरोन्नत्ति हुने

३ माघ, उदयपुर। उदयपुरको गाईघाटस्थित पुरानो हवाई मैदानमा निर्माण गरिएको पूर्वाञ्चलकै दोस्रो ठूलो थारूहट रङ्गशालाको खेल मैदानलाई त्रियुगा नगरपालिकाले व्यवस्थापनका लागि ५० लाखको बजेट विनियोजन गरेपछि रंगशालाको स्तरोन्नत्ति हुने भएको छ ।

Udayapurयसअघि राष्ट्रिय खेलकुद परिषद्सहित त्रियुगा नगरपालिका र जिविससहितले झन्डै  ७० लाखभन्दा बढी लगानी गरेर निर्माण गरेको रङ्गशालालाई अझ व्यवस्थित गर्न यस पटकको बजेटमा त्रियुगा नगरपालिकाले ५० लाख विनियोजन भएपछि रङ्गशाला अझ व्यवस्थित गरिन लागेको रङ्गशाला निर्माण समितिका संयोजक किरण राईले जानकारी दिए ।

तीन बिगाहा १५ कट्ठा क्षेत्रफलमा रहेको उदयपुर गाइघाटको थारूहट रङ्गशालामा अहिले रङ्गशालाको घेराबेरा तथा तारजाली लगाउने कार्य सम्पन्न भइसकेको छ ।

यस्तै रङ्गशालाको पूर्व र पश्चिमपट्टि दुई–दुई प्याराफिटको समेत निर्माण भइसकेको छ । यसअघि नै रङ्गशालाको ग्राउन्डमा माटो फिलिङ गर्ने कार्यसमेत सम्पन्न गरेर रङ्गशाला अहिले प्रयोगमा आइसकेको अवस्था छ ।

नगरपालिकाको बजेट र अन्य जिविस लगायतका निकायबाट समेत बजेटको व्यवस्थापन गरेर करोडौँको बजेटमा रङ्गशालालाई अझ व्यवस्थित गर्ने लक्ष्यका साथ काम भइरहेको रङ्गशाला निर्माण समितिका पदाधिकारी तथा जिल्ला खेलकुद विकास समितिका उदयपुरका अध्यक्ष पुष्प विकले बताए । अबको बजेटले रङ्गशालामा दुबो रोप्ने र रङ्गशालाबाहिर सवारी पार्किङस्थल र केही प्याराफिटसमेत निर्माण गरिने यसका पदाधिकारीले बताएका छन् ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment