Comments Add Comment

दया र प्रियंकाको ‘ह्याप्पी डेज’सँगै विक्री भयो ‘ब्लाइन्ड रक्स’

dayahang-and-priyanka
निर्देशक मिलन चाम्सले आफ्ना २ चलचित्रको अष्ट्रेलिया राइट्स विक्री भएको जानकारी दिएका छन् । हालैमात्र छायांकन सकिएको चलचित्र ‘ह्याप्पी डेज’ र छायांकन नै नभएको चलचित्र ‘ब्लाइन्ड रक्स’को अष्ट्रेलिया राइट्स विक्री भएको जानकारी उनले दिएका छन् ।

‘नमस्ते इन्टरटेन्मेन्ट’ले यी दुई चलचित्रको अष्ट्रेलिया राइट्स किनेको हो । यो कम्पनीका म्यानेजिङ डीरेक्टर विनोद पौडेल र चाम्स इन्टरटेन्मेन्टविच चलचित्रको प्रदर्शनको बिषयमा संझौता भएको हो ।

यस अगाडि पनि मिलनले निर्देशन गरेको चलचित्र ‘विर विक्रम’लाई ‘नमस्ते इन्टरटेन्मेन्ट’ले अष्ट्रेलियामा प्रदर्शन गरेको थियो । अगष्ट महिनामा ‘ह्याप्पी डेज’ अष्ट्रेलियामा प्रदर्शन हुनेछ । यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, मोनिका गुरुङ, रुपा पुन र रितेश चाम्सको अभिनय छ । यो चलचित्रको अधिकांश दृश्य बेलायतमा खिचिएको छ ।

यस्तै, छायांकन नै सुरु नभएको चलचित्र ‘ब्लाइन्ड रक्स’मा वेनिशा हमाल, अर्पण थापा, नाजिर हुसेन, गौरी मल्लको मुख्य भूमिका छ । दृष्टिबिहिन श्रृष्टी केसीको जीवनीमाथि यो चलचित्र बन्नेछ । चलचित्रको शिर्ष भूमिकामा वेनिशा देखिदैछिन् । मिलनले दुबै चलचित्र कति रकममा विक्री भयो भन्ने खुलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment