Comments Add Comment

सवारी लाइसेन्सको सर्भर ‘डाउन’, सेवाग्राहीले गरे एकान्तकुनामा नाराबाजी

yatayat-karyalaya-ekantakuna-8
३ माघ, काठमाडौं । अनलाइन सर्भर डाउन भएपछि काठमाडौंमा सोमबार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र त्यससँग सम्बन्धित सबै काम रोकिएको छ । यसै विषयले यातायात व्यवस्था कार्यालय बाग्मतिको लाइसेन्स कार्यालय एकान्तकुना आइबतार विहान तनाव उत्पन्न भएको छ ।

सेवाग्राहीले विभागको लापरवाहीका कारण सास्ती भोग्नुपरेको भन्दै कार्यालय परिसरमै विभाग र कर्मचारीविरुद्ध नाराबाजी समेत गरेका छन् । शुक्रबार पनि यसैगरी प्रभावित भएको काम आइतबार भने सामान्य रुपमा सुचारु भएको थियो । उनीहरुले विभाग प्रति तीव्र आक्रोश पोख्दै अनियमितताका लागि गरिएको षडयन्त्रको संज्ञा दिएका दिएका छन् ।

तर, फेरि सोमबार पनि सर्भरमा समस्या देखिएको छ । जसका कारण पुनः काठमाडौंमा लाइसेन्स वितरणको काम रोकिएको छ । नवीकरण्मा आउनेहरु पनि लाइनबाटै फर्किएका छन् ।

अनुमतिपत्रको लागि लिखित परीक्षा उत्तिर्ण भएर ट्रायल दिन यातायात व्यवस्था विभाग पुगेका सेवाग्राही पनि प्रभावित भएका छन् । यस्तै विभिन्न कामका लागि एकान्त्कुना पुगेका झण्डै ३५ सय सेवाग्राहीलाई त्यसै फर्काउनुपरेको कार्यालय प्रमुख तेजनारायण यादवले जानकारी दिए ।

सर्भरले काम नगरेपछि डाटा इन्ट्री नहुँदा आइतबारसमेत ट्रायल प्रभावित भएको थियो । यादवले सर्भरमा आएको समस्या समाधान गर्न विभागको टोली बोलाइएको बताए । ‘यो हाम्रो कारण उत्पन्न समस्या होइन । प्राविधिक रुपमै समस्या आएकाले यस्तो भएको हो’ यादवले भने ।

यातायात ब्यवस्था विभागमा अहिले २ जना मात्रै कम्युटर इञ्जिनियर छन् । जनशक्ति थप्नेतर्फ विभाले ध्यान नदिँदा यस्तो समस्या आउने गरेको छ ।

स्मार्ट लाइसेन्स र इम्बोस्ड प्लेट जस्ता नयाँ प्रविधिको प्रयोगमा प्रवेश गरिसकेको विभागले अनलाइन फारम भर्ने सिस्टम पनि सुरु गरेको छ । तर, दक्ष जनशक्तिको अपर्याप्तताकै कारण यी सबै आधुनिक सिस्टमहरु असफल हुने खतरा बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment