Comments Add Comment

‘५ आरोप’मा पूजना प्रधानः आवश्यकता पर्‍यो भने फेरि विकिनीमा फोटोसुट गर्छु’

pujana
विकिनीमा फोटोसुट गरेपछि चर्चामा आएकी नायिका पूजना प्रधान पछिल्लो समय चलचित्र निर्माणमा केन्द्रित छिन् । ‘चकलेट’ नाम राखेर पहिलो चलचित्र बनाएकी पूजनाले यो चलचित्रवाट सफलता पाउन सकिनन् । दोस्रो चलचित्रको तयारीमा रहेकी पूजनाले नयाँ प्रोजेक्टलाई दर्शकले मन पराउने दाबी गरिन् । उनै नायिकालाई अनलाइनखबरले लगाएको पाँच आरोपः

१. अरुले प्रस्ताब राख्न छाडेपछि आफै चलचित्र बनाउनु भयो भन्छन् नि ?
अरुले प्रस्ताब राख्न छाडेका छैनन् । मलाई अभिनयको प्रस्ताब अहिले पनि आइरहेको छ । मलाई अरु निर्देशकले प्रस्ताब गर्नु भएको भुमिकाप्रति चित्त नबुझेर आफै चलचित्र बनाएकी हुँ । म फेरि पनि चलचित्र बनाउँदै छु । अबको चलचित्र दर्शकलाई मन पर्ने खालको हुनेछ ।

२. प्रेमीलाई निकै घुक्र्याउनुहुन्छ भन्छन् नि, हो ?
यो गलत आरोप हो । मेरो प्रेमी नै छैन कसरि घुक्र्याउनु । यो कुरो जसले गर्‍यो उसले गलत कुरा सुनायो । मैले कसैलाई पनि घुक्र्याउँदिनँ ।

३. ‘चकलेट’ नचलेपछि दर्शकलाई त घुक्र्याउनु भयो नि, आफू गतिलो चलचित्र नबनाउने, अनी दर्शकलाई गाली गर्ने भनेर आरोप लगाउँछन् नि मानिसहरु ?
त्यो चाँहि मैले गरेको हो । मैले मिहिनेत गरेर बनाएको चलचित्र ‘चकलेट’ दर्शकले नहेरिदिएपछि अब फेसबुकमा आउँदिन भनेर भनेँ तर, त्यो केहि समयका लागि थियो ।

४. विकिनी फोटोसुट गर्नुभयो तर, त्यो छोटो समयमा नै चर्चा पाउनका लागि थियो भन्ने आरोप लाग्छ नि तपाइलाई ?
हो त्यतिवेला मैले चर्चा पाउनकै लागि विकिनीमा फोटोशुट गराएकी थिएँ । चर्चाको कुरा गर्नुहुन्छ भने मैले फोटोसुट गराएपछि मेरै चर्चा हुने त हो ? अरु कसको हुन्छ र ।

५. अब फेरि चर्चा सेलाएपछि यस्तै फोटोसुट गर्ने तयारीमा हुनुहुन्छ भन्ने आरोप छ नि ? के चर्चामा आउनका लागि विकिनी नै चाहिने हो ?
आवश्यकता पर्‍यो भने कुनै पनि वेला विकिनी फोटोसुट गराउँछु । तर, केबल चर्चामा आउनका लागि मात्रलाई अब गर्दिनँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment