Comments Add Comment

एमालेको घरमा कांग्रेसको जन्ती ! ०४७ सालमा यस्तो सोच्नसम्म सकिँदैनथ्यो

nisha-and-abhishesh-marriage

  • निशाकुसुम भण्डारी र अभिशेष यादव । तस्वीर: मुकेश खरेल

३ माघ, काठमाडौं । पञ्चायती व्यवस्थाको अन्त्य भएर ०४६ सालमा बहुदलीय व्यवस्था स्थापना हुँदै गर्दा तत्कालीन एमाले नेतृ विद्यादेवी भण्डारीकी छोरी निशाकुसुम भर्खरै बामे सर्दै थिइन् । दासढुंगामा ०५० साल जेठमा पिता मदन भण्डारीको मृत्यु हुँदा निशा ५ वर्ष पुगेकी थिइन् ।

बहुदलीय व्यवस्था स्थापनापछि गाउँघरमा कांग्रेस र एमालेका कार्यकर्तावीच पानी बाराबार भयो । आफन्तहरु पनि विभाजित भए । कांग्रेसले एमालेलाई र एमालेले कांग्रेसलाई छोरी नदिनेसम्मका घटनाहरु भए । कतिपय पति पत्नीवीचमा समेत कांग्रेस-एमालेकै कारण झगडा चर्कियो ।

नेपाली समाजको सांस्कृतिक स्तर ०४६/४७ सालको जस्तै भइदिएको भए यतिबेला मदन भण्डारीकी छोरी छोरी निशाकुसमको विवाह कांग्रेस सांसद किरण यादवका छोरासँग सम्भव नै थिएन । तर, ०६२/०६३ को जनआन्दोलनपछि देशमा दलीय दुरी घटेको छ । र, ‘आइडियोजिकल क्ल्यास’ धेरै नै घटेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी वामपन्थी नेतृ हुन् । निशा एमालेकी जननेता मदन भण्डारीकी कान्छी छोरी हुन् । उता विद्याकी सम्धनी अर्थात अभिषेक यादवकी आमा किरण यादव कांग्रेस नेतृ एवं सांसद हुन् । भण्डारी परिवारमा जसरी पुस्तौनी वामपन्थी रगत छ, यादव परिवारमा त्यस्तै कांग्रेसको खून छ । तथापि विचार, पार्टी र दर्शन फरक-फरक भए पनि दुई परिवारवीच वैवाहिक सम्बन्ध गाँसिएको छ ।

यिनै कांग्रेस र एमालेका कार्यकर्ताहरु ०४६/४७ सालमा एकअर्काको घरमा ढुंगा हान्थे । कुटाकुट गर्थे । तर अहिले एक अर्काका घरमा जन्ती जान थाले । जुन, एउटा महत्वपूर्ण सामाजिक परिवर्तन हो ।

शितल निवासमा गाडीहरुको लावा लस्करसहित जन्ती गएका छन् । शितल निवासको गेटमा सुरक्षा जााच गरेर गाडीहरुलाई प्रवेश गराइएको छ ।

shital-nibas-4 shitalnibas-1 shitalnibas-2 shitalnibas-3

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment