Comments Add Comment

तेरियालाई ‘झलक दिखलाजा’मा जिताउन अभियान सुरु

teriya-magar
सन् २०१२ मा भारतको चर्चित टेलिभिजन जी टीभीबाट प्रशारण हुने रियालिटी शो ‘डीआइडी-३ को विजेता बन्दा वुटवलकी तेरिया मगरले नेपालीको खुबै साथ पाइन् । नेपालीको भोट र उनको मिहिनेतले उनलाई यो उपाधी दिलायो । यसपछि, तेरिया विश्वमा रहेका नेपालीमाझ लोकप्रिय बनिन् ।

उनै, तेरिया फेरि पनि अर्को सफल डान्स रियालिटी शो ‘झलक दिखलाजा’को फाइनलमा पुगेकी छिन् । जनवरी २१ मा यो शोको भव्य फाइनल हुँदैछ । तेरिया फाइनलमा पुगेपछि उनलाई जिताउने अभियान फेरि सुरु गरिएको छ ।

‘तेरिया जिताऔं’ अभियानको तर्फबाट आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । उनलाई जिताउनका लागि धेरै भन्दा धेरै एसएमएस आवश्यक पर्छ । तेरियालाई जिताउनका लागि भारतको सिमकार्ड प्रयोगकर्ताले सय पटकसम्म एसएमएस गर्न सक्नेछन् ।

यस्तै, उनलाई अनलाइनट भोटिङ पनि गर्न सकिनेछ । एउटा अनलाइन पीसीबाट सय पटकसम्म भोट गर्न सकिनेछ । जनवरी १४ बाट सुरु भएको भोटिङ जनवरी १९ को राती ९ बजेसम्म जारी रहनेछ ।

तेरियालाई भोट गर्न निम्न तरिका अपनाउन सकिनेछः

Voting Details :

Type “TER” & send to 56882 (for those who are in India)

Online voting website : www.colorstv.com/jhalak

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment