Comments Add Comment

‘आशिकी २’ जोडीको ‘ओके जानु’को कमजोर व्यापार

shradha-and-aaditya
चलचित्र ‘आशिकी २’बाट बलिउडमा जोडीको रुपमा उदाएका आदित्य राय कपुर र श्रद्धा कपुर अभिनित चलचित्र ‘ओके जानु’ले बक्स अफिसमा कमजोर व्यापार गरेको छ ।

यो चलचित्रबाट आदित्य र श्रद्धा आशावादी थिए । तर, इनिसियल व्यापार गर्नुपर्ने शुक्रबार, शनिबार र आइतबार ५ करोडको आँकडा पनि यो चलचित्रले छुन सकेन ।

चलचित्रले शुक्रबार ४.०८ करोडको व्यापार गरेको थियो । शनिबार, व्यापार केहि वुद्धि भएपनि चमत्कार भएन । शनिबार चलचित्रले ४.९० करोडको व्यापार गर्‍यो । आइतबार बिदाको दिनको व्यापारले चलचित्रलाई राहत दिनुपर्ने हो । तर, आइतबार शनिबारको भन्दा कम व्यापार भयो । आइतबार जम्मा ४.८२ करोडको व्यापार चलचित्रले गर्‍यो । ३ दिनमा १३.८० करोडको व्यापार गर्दै चलचित्र असफल हुने बाटोमा हिडेको छ ।

अर्को साताको वुधबारबाटै ‘रइस र काबिल’ रिलिज हुने भएकाले पनि चलचित्रलाई यो साता नै गजबको व्यापार गर्नुपर्ने हुन्छ । तर, इनिसियल व्यापार कमजोर, समिक्षा कमजोर आएका कारण चलचित्रको कमाई लोभलाग्दो हुने देखिएको छैन । आदित्य र श्रद्धालाई चलचित्रको व्यापारले झट्का दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment