Comments Add Comment

शीतलनिवासभित्र पूर्वराजा र पूर्वपञ्चको ‘गोलमेच’ !

ज्ञानेन्द्रले कमल थापासँग चिया खाए, विद्या भण्डारीसँग दोहोरो सम्वाद भएन

gyanendra-shaha-shital-nibas-2

३ माघ, काठमाडौं । पहिलो पटक राष्ट्रपतिको कार्यालयमा पाइला राखेका पूर्वराजा ज्ञानेन्द्रले सोमबार पूर्वपञ्च र पूर्वसेनापतिसँग राउण्ड टेबलमा बसेर कुराकानी गरे ।

शीतलनिवासमा राष्ट्रपतिकी छोरीको विवाहमा सहभागी हुन पुगेका ज्ञानेन्द्र शाहले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र राप्रपाका अध्यक्ष कमल थापासँग केहीबेर कुराकानी गरेका थिए ।

राउण्ड टेबलमा ज्ञानेन्द्रसँगै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, कमल थापा, पशुपति समशेर राणा, पूर्वसेनापति प्यारजंग थापा र सांसद गणेश थापा थिए । केहीबेरको कुराकानीमा क्रममा पूर्वराजाले चिया पिएका थिए ।
gyanendra-shaha-shital-nibas-1
राष्ट्रपति भवन शीतलनिवासमा करिब २० मिनेट बिताएका पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रपति विद्यादेवी भण्डारीसँग नमस्ते भन्नुबाहेक अरु केही कुराकानी गरेनन् । बेहुला बेहुलीलाई उनले पुष्पगुच्छा दिए । त्यसपछि उनी पूर्वपञ्चहरु बसेको टेबलमा आएर बसे । र, केहीबेर कुराकानी गरेर बाहिरिए ।

पूर्वराजाले पूर्वपञ्चहरुसँग व्यक्तिगत सञ्चो विसञ्चो सोधेका थिए ।

यो पनि पढ्नुहोस् 

शीतलनिवास पुग्दा ज्ञानेन्द्रले सम्झिए ५० वर्षअघिको आफ्नो विवाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment