Comments Add Comment

विश्वको आधा जनसंख्या र ८ व्यक्तिको सम्पत्ति बराबर !

३ माघ, काठमाडौं । विश्वभर रहेका मानिसहरुको आधा जनसंख्या र ८ महाधनाढ्यको सम्पत्ती बराबर रहेको एक अध्ययनले देखाएको छ । गरिबी घटाउने उद्देश्यका साथ गठन भएको संस्था अक्सफामले सार्वजनिक गरेको एक रिपोर्टमा महाधनाढ्यहरुको सम्पत्ति बढ्दै गएको देखिएको हो ।

रिपोर्टमा आठ धनाढ्य मध्ये अमेरिकाका ६ जना, स्पेन र मेक्सिकोबाट एक उद्योगपती समावेश छन् । जसमा माइक्रोसफ्टका संस्थापक बिल गेट्सदेखि फेसबुकका संस्थापक मार्क जुकरबर्गसम्म छन् । ‘गरिब र धनिबीचको भिन्नता झनै बढ्दै गएको छ । यो पहिले अनुमान गरेभन्दा बढ्दै गएको छ’ अक्सफामको रिपोर्टमा भनिएको छ ।

rich-people-2

साथै महिलाहरु अहिले पनि पुरुष भन्दा कम ज्यालादारीमा काम लगाउने प्रवृति रहेको अक्साफामले जनाएको छ । साथै अझै पुरुष बराबर महिलाले पनि ज्याला पाउन १ सय ७० वर्ष लाग्ने उसको आंकलन छ ।

कम ज्याला र कर छलीले दुरी बढाउँदै लग्यो

महाधनाढ्यहरुले कर छली गर्ने तथा मजदुरलाई ज्याला कम दिन गरेका कारण धनी र गरिबबिचको खाडल बढ्दै गएको अक्सफामको निष्कर्ष छ । साथै यस्ता महाधनाढ्यहरुले राजनीतिक दलहरुलाई समेत प्रभाव पारेको अक्सफाम बताउँछ ।

राजनीतिक दलहरुलाई प्रभाव पार्दै आफू अनुकुल निर्णयहरु गर्न लगाउने गरेका कारण समेत उनीहरु धनि बन्दै गएको उसको रिपोर्टमा उल्लेख छ । ‘सन् १९८८ देखि २०११ को बिचमा गरिबहरुको १० प्रतिशत ज्याला बढ्दा प्रतिब्यक्ति ६५ अमेरिकन डलर बढ्थ्यो । तर, महाधनाढ्यहरुको १ प्रतिशत मात्रै आम्दानी बृद्धि हुँदा पनि ११ हजार ८ सय अमेरिकन डलर बृद्धि हुन्थ्यो । जुन गरिब ब्यक्तिहरुको १० प्रतिशत बृद्धि भन्दा १ सय ८२ गुणा बढि हुन आउँछ ।’

पुरुषभन्दा महिलाको ज्याला कम

साथै महिलाहरु अहिले पनि पुरुष भन्दा कम ज्यालादारीमा काम लगाउने प्रबृति रहेको अक्साफामले जनाएको छ । साथै अझै पुरुष बराबर महिलाले पनि ज्याला पाउन १ सय ७० वर्ष लाग्ने अक्सफामको आंकलन छ ।

अक्सफामले गरेको एक अध्ययनमा फिलिपिन्समा महिलाहरुले दैनिक १२ घन्टा काम गरिरहेको र घन्टाको १ अमेरिकन डलर पनि मुस्किलले कमाएको देखिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

धनीहरुको कर बृद्धि गर्नुपर्ने

साथै सरकारले गरिब जनताहरुलाई पनि माथि उठाउने हो भने धनीहरुको कर बढाउनु पर्ने अक्सफामको निष्कर्ष छ । यसरी उठाएको कर रोजगारी सिर्जना तथा स्वास्थ्य र शिक्षामा खर्च गर्न उसले सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment